सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-९ माथाने टोलस्थित सडकमा चुहाडेबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०५-००१ ह ०३१० नम्बरको अटोमा प्र.१-०२-०४३ प ५७४३ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ लेटाङ नगरपालिका-७ वाराङ्गी बस्ने २६ वर्षीय अजय लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यता सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-५ कुसाहा चोकस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ५३ वर्षीया उर्मीला देवी सेठको शुक्रबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी नवलपरासी पूर्वको कावासोती नगरपालिका-१४ गोरसदी तल्लो डण्डा भित्री सडकमा डण्डाबाट कोल्हुवातर्फ जाँदै गरेको लु.१८ प ७४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६४ वर्षीय मान बहादुर कार्कीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत