सामाजिक सद्भावमा आगो लगाउने तत्त्वदेखि सजग हुनुपर्छ : पोखरेल
शनिबार, २४ फागुन २०८१, १४ : ३७

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भावमा आगो लगाउने तत्त्वदेखि सजग हुनुपर्ने बताएका छन् । एमाले मधेस प्रदेश सम्पर्क कमिटीले शनिवार एमाले मुख्यालय च्यासलमा आयोजना गरेको होली मिलन कार्यक्रमका बोल्दै पोखरेलले अहिले पनि मुलुकमा मिलेर बसेको समाज र सामाजिक सद्भावमा आगो लगाउने तत्त्व रहेको भन्दै सज हुनुपर्ने बताएका हुन् ।
एउटा जाती, धर्मको विरुद्ध अर्को जाती, धर्मलाई उक्साउने अपराधपूर्ण साजिसबिरुद्ध एकताबद्ध भएर खबरदारी गर्नुपर्ने उनको भनाइ छ । उनले मुलुकको सामाजिक सद्भाव खलबलिए देश नै नरहने खतरा रहेको धारणा राखे ।
उनले होली पर्वको सांस्कृतिक र सामाजिक महत्त्व धेरै भएकाले सामाजिक सद्भाव र भाइचारा कायम गरी मनाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ
-
च्याम्पियन्स लिगमा पीएसजीको महत्वपूर्ण जित, अर्को भिडन्त भिल्ला पार्कमा