सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै
शनिबार, २४ फागुन २०८१, १२ : ५६

धनगढी । शनिवार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेशसभाको बैठक आह्वान गरिएको छ। प्रदेशसभा पाँचौँ अधिवेशनको १६ औँ बैठक दिउँसो बस्न लागेको हो।
सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बैठकमा उद्योग, वन सम्बन्धी ऐनलाई संशोधन गर्न विधेयक टेबुल गरिने छ।
अर्को बैठक आइतबार १ बजे बस्नेछ। सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।