शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

विवाहको उमेर घटाउने/नघटाउनेबारे आयोगले अध्ययन गर्छ : अध्यक्ष मगर

शनिबार, २४ फागुन २०८१, १२ : ५७
शनिबार, २४ फागुन २०८१

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विवाह गर्न पाउने उमेर घटाउने/नघटाउने भन्नेबारेमा आयोगले अध्ययन गर्ने बताएका छन् । शनिबार काठमाडौँमा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै मगरले समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना निम्त्याइरहेको भन्दै विवाहको उमेर घटाउन सुझाव आएको बताएका हुन् । 

तर आयोगले सात वटै प्रदेशमा अध्ययन गरेर सरकारलाई यसबारेमा सुझाव दिने प्रतिबद्धता अध्यक्ष मगरले जनाए । सरकारले विवाह गर्न पाउने उमेर २० वर्ष राखेको छ । 

उनले भने, ‘हाम्रो समाजमा अहिले जेण्डरबेस भायोलेन्सहरू देखिएको छ । बलात्कारका घटना भइरहेका छन् । यस्ता कुराहरू नियन्त्रण हुनुपर्‍यो । राज्यले यसमा ध्यान दिनुपर्‍यो । कसरी हुन्छ कन्ट्रोल गरेर अघि बढ्नुपर्ने अवस्था छ । आयोग यसमा लागिरहेको छ । सरकारलाई आग्रह गर्ने कुरा हामीले गरिरहेका छौँ । हामीले अनुगमन टोलीले अध्ययन गरेर सुझाव दिएका छौँ । समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना देखाइरहेको छ । विवाहको उमेर घटाउन सुझाव संकलन गरेर आएको छ । उमेर घटाउन नहुने भन्ने कुरा आएको छ । सबै कुरालाई विचार गरेर राष्ट्रिय जाँचबुझ गर्नेमा हामी अघि बढेका छौँ ।’

उनले मातृ सुरक्षा र प्रजननसम्बन्धी कान'नबमोजिमको व्यवस्था लागू भएको वा नभएको अनुगमन गरेको र ५ मन्त्रालयमा अनुगमन गर्दा एउटा मन्त्रालयमा पूर्ण रूपमा भएको र अरू मन्त्रालयमा उक्त व्यवस्था नभएको पाइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप