प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने
शनिबार, २४ फागुन २०८१, १२ : ५२

धनगढी । सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएका छन्। प्रदेशसभाको पाँचौँ अधिवेशन अन्तरगत १७ औँ बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री ओलीले आइतबार मध्यान्न १ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।
यसअघि प्रदेशसभाको पहिलो कार्यकालमा नेकपाको सरकार भएको बेला पनि प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका थिए।