महिलामाथि हुने हिंसा अन्त्य गर्न सबै पक्ष जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

भीमफेदी । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानले महिलाका हक अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरेको बताएका छन् । महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश उनले ती अधिकार राज्यका विभिन्न निकायमार्फत कार्यान्वयन भइरहेको बताएका हुन् ।
प्रदेश प्रमुख देवकोटाले आज एक शुभकामना सन्देश जारी गर्दै बागमती प्रदेश, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नारीलाई सुख, शान्ति एवं समृद्धिको कामना गरेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा महिलाले स्वतन्त्र रूपमा अधिकार उपभोग गरिरहेको उनको भनाइ छ ।
प्रदेश प्रमुख देवकोटाले कानुनी व्यवस्था हुँदाहुँदै पनि समाजमा कतिपय अवस्थामा पितृसत्तात्मक सोचका कारण महिलामाथि हिंसा र अन्याय भइरहेको उल्लेख गर्दै यस्तो प्रवृत्तिको अन्त्य गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् ।
‘देशवासी सम्पूर्ण नारीको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिकलगायत समग्र विकासका लागि समान सहभागिता आवश्यक छ, यस दिवसले महिलाको हकहित र सशक्तीकरणका लागि दीगो तथा प्रभावकारी पहल गर्न प्रेरणा मिलोस्’, उनको सन्देशमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत