महिला दिवसका अवसरमा नर्भिक अस्पतालमा विशेष छुट

काठमाडौँ । नर्भिक इन्टरनेशनल अस्पतालले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलाहरूका लागि उपचार तथा परीक्षण प्याकेजमा छुटको घोषणा गरेको छ । अस्पतालले ‘वुमन्स वेलनेस प्याकेज’ मा थप १५ प्रतिशत छुट दिने जनाएको हो ।
यो छुट अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चदेखि एक सातासम्मका लागि कायम हुने अस्पतालले जनाएको छ । अस्पतालले ‘वुमन्स वेलनेस प्याकेज‘ मा १५ प्रतिशत छुट दिँदै आएकोमा थप १५ प्रतिशत छुटको घोषणा गरेको हो । अब ८ मार्चदेखि एक सातासम्म यो प्याकेजमा कूल ३० प्रतिशत छुट उपलब्ध हुनेछ ।
यस्तै, महिला दिवसकै अवसरमा हाइड्राफेसियल र लेजर हेयर रिमुभलमा २५ प्रतिशत छुट दिने अस्पतालले जनाएको छ । यो सेवा पनि ८ मार्चदेखि सुरु भएर एक सातासम्म कायम रहनेछ ।
अस्पतालले सेवा लिनका लागि फोन नम्बर ०१–५९७००३१ र ह्वाट्स एप तथा भाइबर नम्बर ९८२३८८४४८८ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म