नेपाली जनसम्पर्क समिति कान्तो क्षेत्रको पाँचौँ क्षेत्रीय अधिवेशन सम्पन्न

टोकियो । नेपाली जनसम्पर्क समिति जापान कान्तो क्षेत्रको पाँचौँ क्षेत्रीय अधिवेशन टोकियोमा सम्पन्न भएको छ। क्षेत्रीय अधिवेशनबाट बागलुङका शिवकुमार श्रीसमगरको नेतृत्वमा १७ सदस्य क्षेत्रीय समिति सर्वसम्मतले चयन गरिएको छ ।
जसमा तीन जना उपसंयोजक सोलुखुम्बुका सोनाम शेर्पा, महिला नेतृ धादिङकी गीता लम्साल भट्ट र दोलखाका चन्द्र थापा चयन भएका छन् भने क्षेत्रीय समिति सचिवमा अर्घाखाँचीका असिम खनाल, सहसचिवमा पर्वतका सागर शर्मा, कर्णाली(कालिकोट)का पूर्णजंग शाही तथा कोषाध्यक्षमा गोरखाका कृष्ण पोख्रेल चयन भएका छन् ।
त्यस्तै सह कोषाध्यक्षमा गुल्मीकी झरना शाही खत्री सर्वसम्मत चयन हुनुभएको निर्वाचन आयुक्त मुक्तिराम खनालले जानकारी दिए । यसैगरी जनसम्पर्क समिति जापानले जनघनत्वका आधारमा पुराना क्षेत्र बाहेक नयाँ ५ क्षेत्रहरूमा प्रथम अधिवेशन गर्ने कार्यतालिका रहेको जनाएको छ। जस अन्तर्गत २०२५ अप्रिल २० गते होक्काइदोमा प्रथम क्षेत्रीय अधिवेशन गर्ने निर्णय गरिएको छ।
नयाँ क्षेत्रहरू अन्तर्गत दोस्रोमा तोचिगी क्षेत्र र ओकिनावा क्षेत्रमा अप्रिल महिनाभित्र अधिवेशन सक्ने तयारीमा रहेको सचिव असीम खनालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कतारमा राजनीति र समाजसेवीको नाममा ठगीका गिरोह सक्रिय छन्’
-
नागरिकलाई भूमि अधिकार उपलब्ध गराउन सरकार प्रयत्नरत छ : मन्त्री अधिकारी
-
इजरायलले गाजाको अस्पतालमा आक्रमण गरेको हमासको दाबी
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट सुरु, रिपोर्ट घरबाटै हेर्न सकिने
-
प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास
-
स्मार्टफोन र कम्प्युटरमा लगाइएको करबाट पछि हटे ट्रम्प