कविता
आउने जाने
शनिबार, २४ फागुन २०८१, ११ : ००

यो पृथ्वी यस्तै छ
आएपछि थाहा हुन्छ
आउने आउँछन् रुँदै
जाने जान्छन् रुवाउँदै
आउने एक्लै रोइरहेको हुन्छ
आमाको न्यानो मायामा
तर वरिपरि सबै
खुसीले मुस्काइरहेका हुन्छन्
नयाँ आगमनको
नयाँ उत्साह, उमङ्ग, र नयाँ किरणमा
जाने न रुन्छ न पोल्यो भन्छ
दनदन बलेको चितामा
तर उसलाई माया गर्नेहरू
दुःखी भई रोइरहेका हुन्छन्
सधैँको लागिको बिछोडको
पिर, चिन्ता, र चित्कारमा
यस्तै छ यहाँको रीत
आउनेलाई सत्कार गरिन्छ
किनकि ऊ सुरु हुन्छ
जीवनको लामो
आरोह अवरोहमा
बगिरहन खोला जस्तै
अनि कहिले नफर्किने गरि
जानेलाई बिदा गरिन्छ
किनकि ऊ अन्त्य हुन्छ
जीवनको पावर सकिएर
करेन्ट सप्लाइ बन्द भई
त्यागेको बिजुलीको पोल जस्तै
यो आउने जाने क्रम चलिरहन्छ
जबसम्म सूर्य चन्द्र रहिरहन्छ
तबसम्म आँसु हुनेले रुनुपर्छ
हाँसो हुनेले खुसी हुनुपर्छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका शिक्षामन्त्रीले संघीय सरकारलाई भने, ‘शिक्षकका जायज माग सम्बोधन गरेर आन्दोलनबाट फर्काउनुस्’
-
नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो
-
प्रभु बैंकको सीईओका रुपमा शेरचनले २०८३ माघसम्मै काम गर्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश
-
चीनको १२५ प्रतिशतको जवाफमा अमेरिकाले लगायो २४५ प्रतिशत ट्यारिफ
-
पन्ध्र गोही राप्ती नदीमा छाडियो
-
किन्ने हो ऐँसेलु ?