मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय
ड्रोनबाट यस्तो देखियो भरतपुरस्थित ६ लेनको पूर्वपश्चिम महेन्द्र राजमार्ग, तस्बिरहरू
फोटोफिचर

ड्रोनबाट यस्तो देखियो भरतपुरस्थित ६ लेनको पूर्वपश्चिम महेन्द्र राजमार्ग, तस्बिरहरू

शनिबार, २४ फागुन २०८१

चितवन । भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जंगल छेउको गोन्द्राङसम्म ६ किमी सडकलाई ६ लेन बनाउने काम सकिएपछि चिटिक्क देखिएको छ ।

Bharatpur road_Nepal photo library1

२०७७ साल भदौमा सुरु भएको सडक विस्तारको काम ३ पटकसम्म म्याद थप गरी सम्पन्न भएसँगै अहिले  चिटिक्क बनेको हो । हालै मात्र उक्त सडकमा स्मार्ट सडक बत्तीको पनि शुभारम्भ गरिएको थियो ।

Bharatpur road_Nepal photo library2

यो सडक विस्तारको  लागि लागत १ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । सडकको दायाँ–बायाँ ११ दशमलव ५ मिटरको एक्सप्रेस लेन रहेको छ । त्यसको बिचमा ३ देखि ४ मिटरको मेडियन छ, जहाँ दुबो र बिरुवा लगाइसकिएको छ ।

Bharatpur road_Nepal photo library3

एक्सप्रेस लेनको छेउमा दुवैतर्फ ठुला नाली छन् । नालीभन्दा बाहिर दुवैतर्फ ६ मिटरसम्मको सर्भिस लेन रहेको छ । सर्भिस लेनबाहिर दुवैतर्फ ३ देखि ४ मिटरको फुटपाथ रहेको छ ।

Bharatpur road_Nepal photo library4Bharatpur road_Nepal photo library5Bharatpur road_Nepal photo library6Bharatpur road_Nepal photo library7Bharatpur road_Nepal photo library8Bharatpur road_Nepal photo library9Bharatpur road_Nepal photo library10Bharatpur road_Nepal photo library11Bharatpur road_Nepal photo library12Bharatpur road_Nepal photo library13

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया