पुष्पलालकी ‘दुर्गादेवी’, बीपीकी ‘क्रान्तिकी आमा’

ललितपुरको कुमारीपाटीस्थित टहरोमा सानो पसल थापेर मोतीदेवी श्रेष्ठको बुढेसकाल बित्यो । प्रजातन्त्र नामको ‘शिशु’ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको सङ्गठन जन्मदा यिनी सुँडिनी, सुसारे र साक्षी थिइन् । प्रजातन्त्र र नेकपालाई जन्माउने जागरणमा उनको सिङ्गो बैँस बलिदानी हुन पुग्यो ।
जन्मेर राम्ररी हुर्कन नपाएको प्रजातन्त्र र हुर्कंदै गर्दा अनेक ‘विचार’बाट प्रभावित भई अनेक ‘बाटो’मा बहकिन पुगेको ‘नेकपा’ मोतीदेवीदेखि दूर हुन पुगे । मोतीदेवीले भने जुनीभरि यी दुवैलाई स्नेह गरिरहिन् ।
‘नेताहरू आफ्नै मात्र कुरा हेर्छन् । आफ्नो समयमा त्यसरी खट्ने मोतीदेवीलाई वास्तै गरेनन् । के खाएको छ, कसरी बसेको छ, कुनै मतलब छैन । बिचरा बुढी मान्छे अहिले पनि पार्टी भनेर बसेकी छन् । तर पार्टीका मान्छेलाई केही थाहा छैन, हेर्नुपर्दैन ?’ स्नेहलता श्रेष्ठले कम्युनिस्ट नेता सिद्धिलाल सिंहपट्टि औँला ठड्याएर बोल्दै थिइन् ।
२०३७ सालतिरको एक दिन, एमाले नेता अमृतकुमार बोहोरा पाटनस्थित सिद्धिलाल सिंहको घरमा पुगेका थिए, त्यहाँ सानो भोजको माहोल थियो । त्यस माहोलमा बोहोराले पहिलोपटक स्नेहलतालाई प्रत्यक्ष देखे भने मोतीदेवीको अवस्था थाहा पाए ।
त्यसको १० वर्षपछि अर्थात् २०४७ सालको माघतिर, अमृतकुमार र अष्टलक्ष्मी शाक्य कुमारीपाटीस्थित मोतीदेवीको टहरोमा पुगेका थिए । सेताम्य कपाल फुलेकी, दुब्ली–पातली मोतीदेवी सुरुमा बेस्सरी झर्किन् — किन भेटघाट ! किन परिचय ? यत्तिका वर्ष कसैले चासो राखेनन्, अब मर्ने बेलामा किन चाहियो, मैले के गर्न सक्छु र ? (२०६० मा प्रकाशित ‘मोतीदेवी स्मारिका’बाट) ।
१९७० सालको जेठमा पाटनको कुम्भेश्वरस्थित एक हुनेखाने परिवारमा जन्मेकी मोतीदेवीको १३ वर्षकै उमेरमा विवाह भएको थियो, ललितपुर छाःबहालका साहु सिद्धिलाल श्रेष्ठसँग । जेठी श्रीमती माइतीमा बसेकाले सिद्धिलालले मोतीदेवीसँग दोस्रो विवाह गरेका थिए ।
१९९० सालतिर जेठी श्रीमती घर फर्किन्, सौतासँग बस्न अप्ठेरो ठानेर मोतीदेवी माइत आएर बस्न थालेकी थिइन् । त्यही बेला देशले एक पत्र काँचुली फेर्न खोज्दै थियो । विक्रमको नब्बेको दशकमा आइपुग्दा जहाँनियाँ राणाशासनविरुद्ध जनता जुर्मुराउन थालेका थिए ।
विशेषतः १९९३ जेठ २० गते खुलेको ‘नेपाल प्रजा परिषद्’ले नयाँ तरङ्ग ल्याएको थियो । यस सङ्गठनका थुप्रै कार्यकर्तालाई राणा सरकारले जेल कोचे । सानातिना अपराधमा जेल पर्ने त कति हुन्थे–हुन्थे । पुरुषहरू जेल परेपछि उनीहरूलाई खाना पुर्याउन र उनीहरूको खोजखबरी गर्न महिलाहरू सक्रिय हुनुपर्ने अवस्था आयो । यही सिलसिलामा मोतीदेवी पनि क्रान्तिमा सहभागी हुन पुगेकी थिइन् ।
केही वर्षअघि छोरी बित्दा मोतीदेवी लास बुझाउन एक्लै लोग्नेको घरमा गएकी थिइन् । त्यतिबेला उनले यतिको अपमान सहनुपरेको थिएन । ‘तर अहिले मेरो लोग्ने मरिसकेको छ । अहिले यो घरसँग मेरो कुनै नाता र आधार–प्रमाण छैन । त्यसैले यो अवस्थामा बसिरहेकी छु,’ मोतीदेवीको दुखेसो थियो ।
स्नेहलता श्रेष्ठले ‘मोतीदेवीलाई यसरी चिनेँ’ शीर्षकमा लेखेकी छन्, ‘मोतीदेवीले भन्नुभयो— मेरो राजनीतिक जीवनको सुरुवात भएको महिला संघबाट हैन, कम्युनिस्ट पार्टीबाट हैन, महिला संघमा पनि नलागेका बेला विश्व भ्रातृ संघको सदस्य बनेर मेरो राजनीति सुरु भएको हो । विश्व भ्रातृ संघको प्रमुख गङ्गालाल हुनुहुन्थ्यो । मलाई गङ्गालालजीले माक्र्सवादका बारेमा शिक्षा दिएर कम्युनिस्ट बनाउनुभएको हो ।’
यहाँनेर ‘विश्व भ्रातृ संघ’ कुन हो र गङ्गालाल कसलाई (सहिद गङ्गालाल श्रेष्ठ कि नरबहादुर कर्माचार्यका भान्जा गङ्गालाल हलुवाईलाई ?) भनिएको भन्नेमा यो पंक्तिकारलाई जानकारी छैन, कुनै पुस्तकमा यसको स्पष्ट उल्लेख होला । भुवनलाल प्रधानको पुस्तक ‘नेपालको जनक्रान्ति २००७’ अनुसार, १९९९–२००० सालतिर प्रेमबहादुर कंसकार, पुष्पलाल श्रेष्ठ र सूर्यबहादुर भारद्वाजले एउटा अति गोप्य भूमिगत सङ्गठन खोलेका थिए, जसमा पछि गङ्गालाल हलुवाई पनि सम्मिलित भए । कतै यही सङ्गठनमा मोतीदेवी सक्रिय भइन् कि !
२००४ सालसम्म आइपुग्दा नेपाली राष्ट्रिय काङ्ग्रेसले पनि आफ्नो गतिविधि बढाउन थालेको थियो । क्रमशः काठमाडौँमा राणाशासन विरोधी आन्दोलन भित्रभित्रै भुसको आगोजस्तै फैलँदो थियो । प्रजातन्त्रका योद्धाहरू राणाशासकको आँखाबाट छेलिएर बस्नुपथ्र्यो, नत्र जेलनेल भोग्नुपथ्र्यो । माइतीघरमा बसेकी मोतीदेवीको सम्पर्क प्रजातन्त्रका योद्धाहरूसँग हुन थाल्यो । माइतीघर ठुलो भएकाले उनले क्रान्तिकारीहरूलाई लुकाएर क्रान्तिलाई सहयोग गर्न थालिन् ।
यसै क्रममा २००४ सालतिर नरबहादुर कर्माचार्यका भान्जा गङ्गालाल हलुवाईलाई मोतीदेवीले आफ्नो माइतीघरमा राखेर स्याहार–सुसार गरिन् । उनी निकै बिरामी थिए । मोतीदेवीकै रेखदेखमा तङ्ग्रिएका गङ्गालाललाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता थपियो ।
अष्टलक्ष्मी शाक्यलाई दिएको अन्तर्वार्तामा मोतीदेवीले भनेकी छन्, ‘त्यसै बेला मलाई जिम्मेवारी आयो, गङ्गालाललाई कलकत्ता लाने । किसान (ज्यापू)को भेषमा चितवनको जङ्गलै जङ्गल हिँडेर भारतको बडा (बारा) बजारमा पुग्यौँ । त्यहाँ पुष्पलालसँग भेट भयो ।’
पुष्पलाललाई भेट्नु अघिसम्म उनी मोतीदेवी थिइन् । पुष्पलालले उनलाई राजनीतिक नाम दिए — दुर्गादेवी । ‘पुष्पलालले भन्नुभयो — अबदेखि तपाईंंको नाम दुर्गादेवी भयो । जङ्गलको बाटो हुँदै गङ्गालाललाई कलकत्ता पुर्याएको हुनाले उहाँले त्यसो भन्नुभएको थियो,’ मोतीदेवीले अष्टलक्ष्मीसँगको अन्तर्वार्तामा भनेकी छन् ।
घर र माइतीघर दुवै छाडेर राजनीतिक काममा कलकत्ता पुगेपछि उनलाई समस्या भयो, अब कहाँ जाने ? राणाकालमा एउटी स्त्री त्यसरी घर, माइती र मुलुकै छाडेर हिँड्नु संसारै छाड्नुजस्तो हुन्थ्यो । एकातिर परम्परागत मूल्य–मान्यता र पुरुषवादी सत्ताको अनेक साङ्लाले स्त्रीहरू बाँधिएका थिए, त्यसमाथि राणाशासनको बर्बरता छँदै थियो ।
मोतीदेवीले अष्टलक्ष्मीसँगको अन्तर्वार्तामा भनेकी छन्, ‘कलकत्तामा काम सकेपछि म नेपालमै फर्किन्छु त भनेँ तर कहाँ जाने ? घर छाडेर हिँडिसकेपछि फेरि घर जाने कुरा भएन । म त अलमलमा परेँ । त्यसबेला पुष्पलालले भन्नुभयो — तपाईं पीर नगर्नुस्, म चिठी लेखिदिन्छु, त्यो चिठी लिएर श्रीमाया (श्रेष्ठ) दिदीकोमा जानु । यो गङ्गालाललाई पनि सँगै लिएर जानु ।’
पुष्पलालले पार्टीको तर्फबाट दुई सय भारतीय रूपैयाँ समेत दिए । नेपाल फर्केपछि उनी श्रीमायाकहाँ पुगिन् र गोप्य रूपबाट काम गर्न थालिन् ।
पुष्पलालले स्नेहलतालाई पनि चिठी लेखेका रहेछन् । स्नेहलताले लेखेकी छन्, ‘मोतीदिदीले भारतबाट महान्नेता पुष्पलालजीको चिठी ल्याउनुभएको थियो । मोतीदेवी नेपाल कम्युनिस्ट पार्टीको सदस्य हुनुहुन्छ, उहाँसँग मिलेर काम गर्न तिमी हिचकिचाउनुपर्दैन, त्यहाँको वातावरण र परिस्थिति के छ ? सबै कुरा लेखेर मोतीदेवीमार्फत चिठीपत्र गर्न तिमीलाई सजिलो पर्छ ।
चिठी पढेर मैले थाहा पाएँ — मोतीदेवी महिला संघको काममा भन्दा पार्टीको काममा पहिलेदेखि धेरै लाग्नुभएको रहेछ । उहाँ प्रायः भारतबाट फर्कंदा कहिले चिठी, कहिले पर्चा–पम्प्लेट लिएर फर्कने गर्नुहुन्थ्यो ।’
भारत आउन–जान सहज थिएन, खर्चको व्यवस्था गर्नैपथ्र्यो । जीविकाका लागि उनले बिहान–बेलुका बाती काट्ने गर्थिन् । बाती मङ्गलबजारका चुरा पसलेलाई बेचेर चुरा, धागो र पोते किन्थिन् र ती सामान बाटोमा बेच्दै–बेच्दै कलकत्ता पुग्थिन् । कलकत्तामा लुगा धुने साबुन, चुरोट आदि किनेर बाटोमा बेच्दै–बेच्दै नेपाल फर्किन्थिन् । स्नेहलतासँगको कुराकानीमा उनले भनेकी थिइन्, ‘यसरी मेरो खर्च पनि जुट्थ्यो र मेरो कम्मरमा बाँधिएको चिठीपत्र र पर्चा पम्प्लेट पनि सुरक्षित यहाँ आइपुग्थे ।’
काठमाडौँस्थित तीनधारा पाकशाला (संस्कृत छात्रावास)का विद्यार्थीले २००४ साल वैशाख १ गते पाकशालामा तीनवटा माग राखे — पाठ्यक्रम आधुनिक होस्, जाँच दिन बनारस जान नपरोस्, दरबन्दी २१० नै कायम होस् ।
यी माग राखेर विद्यार्थीहरू बिहान–बिहान ‘जयतु संस्कृतम्’ भन्दै हिँड्न थालेका थिए, (भुवनलाल प्रधानको उपरोक्त पुस्तक) ।
उनी जन्मेका बेला कुम्भेश्वरमा मोती वाः (मोतीजस्तै पानी) परेको थियो रे । त्यसैले बाबुआमाले उनको नाम मोतीदेवी राखिदिए । मोतीदेवी सोच र संघर्षले ‘मोती’ बनिन्, मृत्युपछि पनि ‘मोती’ नै छन् । अचेल कुम्भेश्वरमा मात्रै होइन, देशैभरि मोतीजस्तै पानी पर्न थालेको छ ।
स्नेहलताको आलेख अनुसार, त्यस आन्दोलनमा लागेका १०–१२ जनालाई मोतीदेवीले आफ्नो घरमा ल्याएर कपाल खौरिदिइन् र धोती, पहेँलो टीका लगाइदिएर भिक्षा माग्न पठाइन् । यसरी मागेर उठाएको खर्चले ती आन्दोलनमा लागेका विद्यार्थीलाई खान मात्रै होइन, नेताहरूसँग भेटघाट र परामर्श गर्न भारतसम्म जाने रकम पनि जम्मा भयो । त्यतिखेर नेतृत्व गर्नेमध्ये नाम सम्झना भएका विद्यार्थीमा जयमुरली उपाध्याय र रामकृष्ण शर्मा पनि थिए ।
‘मोतीदेवीले विद्यार्थीहरूलाई भारत लगेर नेता पुष्पलालसँग भेट गराउनुभयो, पुष्पपालले भारत सरकारसँग कुरा गर्नुभयो । भारत सरकारले विद्यार्थीको पक्षबाट नेपालमा दबाब दियो र त्यो आन्दोलनबाट निकालिएका सबै विद्यार्थी फेरि नेपाल आएर त्यहाँ पढ्न पाए,’ स्नेहलताले लेखेकी छन्, ‘दुःखको कुरा उनीहरूले फेरि कहिल्यै मोतीदिदी र हामीसँग सम्पर्क गरेनन् ।’
यो घटनालाई स्नेहलताले भने २००६ साल भदौतिरको भनी उल्लेख गरेकी छन् ।
- महिला संघको सदस्य
२००४ साउन २२ गते एउटा वनभोजको आयोजना भएको थियो, जसमा शान्ति निकुञ्ज विद्यालय र कन्यामन्दिर स्कुलका छात्राहरू (श्रीमाया श्रेष्ठ, साधना प्रधान, स्नेहलता, मिठ्ठुदेवी राणा, प्रेमलता कंसकार लगायत) सहभागी थिए । सहभागी महिलाहरूको सभाले एउटा महिला सङ्गठन गठन गर्ने निधो गरेको थियो । त्यसको केहीपछि चिनियालाल सिंहको घरमा सम्मेलन गरी मङ्गलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला संघको स्थापना भयो । जसमा कोषाध्यक्षमा श्रीमाया, सचिवमा स्नेहलता र कार्यकारिणी सदस्यहरूमा दुर्गादेवी (मोतीदेवी) श्रेष्ठ लगायत निर्वाचित भए, (भुवनलाल प्रधानको उपरोक्त पुस्तक) ।
स्नेहलताले लेखेकी छन्, ‘महिला संघको पाटन शाखा स्थापना गरियो, मोतीदेवी नै त्यसको अध्यक्ष हुनुभयो । शाखा स्थापना भएको एक–दुई हप्तामै मोतीदेवीले २०–२५ जनालाई महिला संघको सदस्य बनाउनुभयो र महिला संंघको कार्यालय समेत व्यवस्था गर्नुभयो । त्यतिखेर संघको केन्द्रीय कार्यालयमा समेत आवश्यक फर्निचर र अफिस सामग्री थिएन, त्यसको मोतीदेवीले नै व्यवस्था मिलाउनुभयो । त्यसको केही समयपछि मोतीदेवी भारत जानुभएको हो ।’
- संघर्ष
प्रजातन्त्र आएको एक वर्ष पुग्दानपुग्दै २००८ सालमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइयो र कम्युनिस्ट नेताहरू भूमिगत हुन पुगे । २०१३ सालमा प्रतिबन्ध त हट्यो, त्यसको चार वर्ष पुग्दानपुग्दै राजा महेन्द्रले पञ्चायती व्यवस्था लादे र प्रजातन्त्रवादी नेताहरू छिन्नभिन्न हुन पुगे । पार्टीका गतिविधि जति–जति संकटमा पर्दै गयो, त्यति–त्यति नै मोतीदेवीको जीवनमा पनि गत्यावरोध आउन थाले ।
२०१७ सालतिर मोतीदिदीलाई हातमुख जोर्नै धौधौ परेको थियो । त्यो अवस्था देखेर टोलको भलादमी कसैले काम दिए — विद्यार्थीका लागि भात पकाउने । केही समय उनको गुजारा यसैबाट चल्यो ।
श्रीमानको घरबाट माइतीघर आउँदा मोतीदेवीले दुईवटा बच्चा च्यापेर आएकी थिइन्, स्याहार नपुगेर दुवैले संसार छाडे । यस्तो लाग्छ, यही शोकलाई शक्तिमा बदलेर उनी प्रजातन्त्र र नेकपा नामका ‘शिशु’ जन्माउन सुँडिनी हुन पुगेकी थिइन् । त्यसपछि उनले आफ्ना दुई सन्तानका छाया प्रजातन्त्र र नेकपा नामका दुई शिशुमा देख्न थालिन् ।
‘मैले श्रीमान्लाई छाडेँ । पार्टीका लागि माइती, घर–परिवार छाडेँ । एक्लो महिला, आफन्तहरू कसैले बोलाएनन् । समाजका मानिसले पनि छाडा आइमाई, वेश्या आइमाई भनेर मेरो पछाडि गाली गर्ने र थुक्ने गर्थे,’ मोतीदेवीले स्नेहलतालाई भनेकी थिइन्, ‘म पनि के कम ! मैले केही बिगारेको छैन । म पनि कहीँ आफन्तकोमा जान्नँ भनेर बसेँ । मसँग पैसा थिएन । पाटीमा बस्न जाने म ? क्रान्तिका लागि काम गरेको मान्छेलाई धेरै दुःख भयो भनी रोमबहादुर थापाले यो टहरा बनाइदिनुभयो ।’
केही वर्षअघि छोरी बित्दा मोतीदेवी लास बुझाउन एक्लै लोग्नेको घरमा गएकी थिइन् । त्यतिबेला उनले यतिको अपमान सहनुपरेको थिएन ।
२००८ सालमा स्नेहलतालाई भारतबाट पुष्पलालको चिठी आयो । चिठीमा मोतीदेवीको हालखबर पनि सोधिएको थियो । त्यतिबेलै (२००८ सालमै) मोतीदेवीका श्रीमानको देहान्त भएको थियो । मोतीदेवी काजकिरियाका लागि श्रीमानको घर (छाःबहाल) गएकी थिइन् । त्यो थाहा पाएर स्नेहलता केही साथीहरूलाई लिएर मोतीदेवीलाई भेट्न पुगिन् ।
मोतीदेवीलाई परिवारले बेवास्ता गरेको थियो । श्रीमान् खसेको आठ दिन बितिसक्दा पनि उनी काजकिरियामा सामेल हुन पाएकी थिइनन् । उनलाई फेर्ने लुगा समेत दिइएको थिएन, खानसम्म जेनतेन दिएका थिए । चारवटा प्वाल परेको थोत्रे सुकुलमा पातलो पछ्यौरा ओछ्याएर उनी उदास मुद्रामा पल्टिरहेको स्नेहलताले देखिन् । ‘न टीका, न चुरा, ठुटैबुच्चै — त्यस्तो विरक्तलाग्दो र दयनीय अवस्थामा बेवारिसे पल्टेको देख्दा हामी एकछिन त बोल्नै सकेनौँ,’ स्नेहलताले लेखेकी छन् ।
केही वर्षअघि छोरी बित्दा मोतीदेवी लास बुझाउन एक्लै लोग्नेको घरमा गएकी थिइन् । त्यतिबेला उनले यतिको अपमान सहनुपरेको थिएन । ‘तर अहिले मेरो लोग्ने मरिसकेको छ । अहिले यो घरसँग मेरो कुनै नाता र आधार–प्रमाण छैन । त्यसैले यो अवस्थामा बसिरहेकी छु,’ मोतीदेवीले स्नेहलताहरूसँग दुखेसो पोखिन् ।
स्नेहलताहरूले काजकिरिया बस्दा फेर्नका लागि पछ्यौरा, चोलो, साडी र एकजोर जुत्ता लगिदिए ।
- बीपीकी ‘क्रान्तिकी आमा’, उनैलाई कालो झन्डा
२०१४ साउन ११ गते राजा महेन्द्रले डा. केआई सिंहको अध्यक्षतामा ११ सदस्यीय मन्त्रीमण्डल गठन गरे । यसपछि अर्थात् साउन २४ गते प्रजातन्त्रको रक्षाका लागि भन्दै नेपाली काङ्ग्रेस, प्रजा परिषद् र नेपाली राष्ट्रिय काङ्ग्रेसले प्रजातान्त्रिक मोर्चा गठन गरेका थिए । यही मोर्चाले आम निर्वाचनको मिति तोकियोस् भनेर २०१४ मंसिर २२ गते देशव्यापी सत्याग्रह गर्ने निर्णय गरेको थियो ।
देशमा चुनाव होस् र प्रजातन्त्रको रक्षा होस् भनी उत्कट चाहना राख्ने मोतीदेवीले मोर्चाको यस सत्याग्रहलाई सघाइन् । ‘म आफैँ एक्लै अदालतअगाडि सत्याग्रहमा बसेँ । भोलिपल्टदेखि सानुमाया, रत्नमाया लगायत धेरै महिला–पुरुष साथीहरू आएर बस्नुभयो,’ मोतीदेवीले अष्टलक्ष्मीसँगको अन्तर्वार्तामा भनेकी छन्, ‘सत्याग्रह सफल भएकाले मलाई बोलाएर विश्वेश्वरले भन्नुभयो — क्रान्ति सफल बनाइदिनुभयो, त्यसैले तपाईं क्रान्तिकी आमा ।’
यसको ६ वर्षअघि मोतीदेवीले बीपीलाई नै कालो झन्डा देखाएकी थिइन् । स्नेहलताका अनुसार, २००७ सालको क्रान्तिपछि राणाहरूले २२ सुटकेस हिरा, जवाहरातलाई देशबाहिर लैजाने तयारी गरिरहेका थिए, जुन राष्ट्रको धन थियो । यो थाहा पाएपछि महिला संघको आकस्मिक बैठक बोलाइयो । बैठकले राजा त्रिभुवनकहाँ डेलिगेसन जाने निर्णय गर्यो । राजा त्रिभुवनले भने — सबैले दाइजो दाइजो भन्छन् । दाइजोलाई कानुनले रोक्न मिल्दैन ।
तर त्यत्रो धन बिदेसिएकामा विरोध जनाउँदै तत्कालीन गृहमन्त्री बीपी कोइरालालाई मोतीदेवीले एक्लै कालो झन्डा देखाइन् । ‘तत्कालीन गृहमन्त्री बीपी पाटनको अशोक सिनेमा हलमा आउनुभएका बेला मोतीदिदीले एक्लै कालो झन्डा देखाउनुभयो । त्यो विरोधलाई हामी सबैले समर्थन गर्यौँ,’ स्नेहलताले लेखेकी छन् ।
मोतीदेवीको हृदय सधैँ देश र जनताको मायाले भरिएको हुन्थ्यो । बैँस छँदासम्म देश र जनताका लागि केही नगरी उनी बस्नै सकिनन् । पहिले गोदावरीमा एक महिना जति मेला लाग्थ्यो । एकपटक त्यस मेलामा मोतीदेवी, हिरादेवी यमी, रामलाल ताम्राकार लगायत स्वयंसेवकका रूपमा खट्न पुगेका थिए । त्यहाँ जानका लागि मोतीदेवीसँग जान पैसा थिएन । स्नेहलताले तीन सय रूपैयाँ दिएकी थिइन् । पछि स्नेहलता पनि परिवारसँग गोदावरी पुगिन् । त्यहाँ उनले देखिन् —मोतीदेवीले उसिना चामलको भात खुर्सानीसँग खाइरहेकी थिइन् । ‘त्यसरी दुःख सहेर पनि सहयोग र सेवा गर्ने भावना देख्दा म अति प्रभावित भएँ,’ स्नेहलताले लेखेकी छन् ।
- संस्थापकको विवाद
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक को–को हुन् भन्ने विवाद २०१६ सालपछि सतहमा आयो । नरबहादुर कर्माचार्य, निरञ्जनगाोविन्द वैद्य र नारायणविलास जोशीले २०१६ मा प्रकाशित गरेको वक्तव्यमा भनिएको छ, ‘पार्टी स्थापना हुँदा उपस्थित चारजना (पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास)बाहेक अर्को कुनै पनि व्यक्ति संस्थापक होइन ।’
जवाहरलाल नेहरू नेपाल भ्रमण आएका बेला दिल्ली सम्झौता धोका हो भन्दै साहना, साधना, कामाक्षादेवीहरूले कालो झन्डा देखाएका थिए, मङ्गलादेवी सिंह भने नेहरूको स्वागत गर्न पुगेकी थिइन् । यो कुरा मोतीदेवीलाई चित्त बुझेन ।
‘मोतीदेवी स्मारिका– २०६०’ मा सूर्य थापा, लोककृष्ण भट्टराई र भीम रावलको आलेखले संस्थापक विवादबारे बोलेको छ ।
मोतीदेवीलाई पार्टीको काममा खटाइएकाले संस्थापक मान्नुपर्ने तर्क भनाइ पुष्पलालको थियो । पुष्पलाल भन्थे, ‘कम्युनिस्ट पार्टीको केन्द्रीय सङ्गठन समिति निर्माण गर्दा र पहिलो पर्चा जारी गर्दाका दिन मोतीदेवी आई पुगिनन् । राणाहरूको आँखा छलेर आउनुपर्दा विभिन्न कठिनाइ भए । पर्चा जारी गरेको भोलिपल्ट उनी आइपुगिन् र पाँचैजनाको सहमतिले उनलाई संस्थापक सदस्यमा राखिएको हो ।’
अष्टलक्ष्मीसँगको अन्तर्वार्तामा मोतीदेवीले मनमोहनदेखि आफूलाई धेरै रिस उठ्ने बताइएकी थिइन् । ‘पार्टीमा मनमोहन महासचिव भइसकेपछि मलाई पार्टीबाट निकालियो । मेरो जाँच गर्न जाँचबुझ कमिटी गठन गरियो । जाँचबुझ गर्न मनमोहन आफैँ आएका थिए । मलाई रिस उठ्यो,’ मोतीदेवीले भनेकी थिइन्, ‘मैले भनेँ— मेरो जाँचबुझ गर्ने, मैले के गरेको छु र ? म सीआईडी भनेर मेरो जाँचबुझ गर्ने ? प्रमाण देऊ मलाई । किन के जाँचबुझ गर्ने मलाई । पुष्पलालले संस्थापक सदस्य भन्ने, तपाईंहरूले केन्द्रबाट मलाई निकाल्ने ? त्यो बेला सहाना, साधना पनि पार्टीमा आइसक्नुभएको थियो । मैले उही बेला संस्थापक सदस्य बस्दिनँ भनेको थिएँ । मैले पढेको छैन भनेर मलाई निकाल्ने ? मैले पनि बेस्सरी भनिदिएँ ।’
जवाहरलाल नेहरू नेपाल भ्रमण आएका बेला दिल्ली सम्झौता धोका हो भन्दै साहना, साधना, कामाक्षादेवीहरूले कालो झन्डा देखाएका थिए, मङ्गलादेवी सिंह भने नेहरूको स्वागत गर्न पुगेकी थिइन् । यो कुरा मोतीदेवीलाई चित्त बुझेन ।
‘प्रजातन्त्र भर्खर आएको छ । भर्खर जन्मेको बच्चालाई ढुङ्गाले हान्दा के हुन्छ ? त्यसैले अहिले कालो झन्डा देखाउनुहुँदैन भन्ने मेरो विचार थियो । साहना, साधना, कामाक्षादेवीहरूले झन्डा देखाउने अनि मङ्गलादेवीले स्वागत गर्न जाने ?’ मोतीदेवीले अष्टलक्ष्मीसँगको अन्तर्वार्तामा भनेकी छन्, ‘म अब आउँदिनँ, मेरो राजीनामा लेऊ भनेँ । मलाई पार्टीले निकाल्यो । त्यो बेलादेखि चुपचाप बसेँ । महिला संघ पनि छाडेँँ ।’
००
कुमारीपाटीस्थित टहरोमा उनले चुरोट, सुपारी, बिस्कुट, पाउरोटी बेच्थिन् । मन परेका मान्छेका आग्रहमा चिया पनि पकाएर बेच्थिन् ।
त्यहाँ उनी कहिले आधा पेट, कहिले भोकै सुतिन् । २०४६ को आन्दोलन हुँदा उनी सडकमा निस्केकी थिइन् ।
‘मेरो मूल्यांकन पार्टीले गरेन । त्यसैले मलाई दुःख लागेको छ । मैले कहिले अम्बा, कहिले काँक्रो एउटा खाएर पनि दिनहरु काटेँ । राजनीतिक पीडितलाई भनेर दिएको जग्गा मैले पनि पाएँ । वागमती खोलाछेउ भएकाले बेच्दा त्यसको मूल्य ३५ हजार मात्र आयो । मेरी आमाले डेढ लाख रुपैयाँ मलाई दिनुभएको थियो । त्यसबाट अहिलेसम्म गुजारा चलाउँदै छु,’ २०४७ सालमा उनले अष्टलक्ष्मीलाई आफ्नो अवस्था सुनाएकी थिइन् ।
देशमा प्रजातन्त्रको पुनर्वहाली भएको सात वर्षपछि अर्थात् २०५४ जेठ ७ गते उनले यो संसार छाडिन् । तत्कालीन पत्रपत्रिकामा समाचार छापिए — नेपाल कम्युनिस्ट पार्टीकी संस्थापक मोतीदेवी ८४ वर्षको उमेरमा अस्ताइन् ।
उनी जन्मेका बेला कुम्भेश्वरमा मोती वाः (मोतीजस्तै पानी) परेको थियो रे । त्यसैले बाबुआमाले उनको नाम मोतीदेवी राखिदिए । मोतीदेवी सोच र संघर्षले ‘मोती’ बनिन्, मृत्युपछि पनि ‘मोती’ नै छन् । अचेल कुम्भेश्वरमा मात्रै होइन, देशैभरि मोतीजस्तै पानी पर्न थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा