सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

न्युजिल्याण्डलाई झट्का, सबैभन्दा धेरै विकेट लिने खेलाडीले नै फाइनल खेल्नेमा शंका

शनिबार, २४ फागुन २०८१, ०८ : ५१
शनिबार, २४ फागुन २०८१

दुबई । न्यु जिल्यान्ड तीव्र गतिका बलर म्याट हेनरीले २०२५ को च्याम्पियन्स ट्रफीको फाइनल खेल्ने सम्भावना कम देखिन्छ। हेनरी दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनल खेलमा घाइते भएका थिए।

मुख्य प्रशिक्षक ग्यारी स्टेडले शुक्रबार हेनरीको फिटनेसमा अझै पनि शंका रहेको बताएका थिए । प्रतियोगिताको फाइनल खेल आइतबार दुबईमा भारत र न्युजिल्याण्डबसच खेलिनेछ।

स्टेड स्टेडले भने, ‘हाम्रो लागि सकारात्मक कुरा भनेको उनी फेरि बलिङ गर्न आए। उनको केही स्क्यान गरिएको छ र हामी उनलाई फाइनल खेल्ने हरेक सम्भावित मौका दिन चाहन्छौँ। यद्यपि यस बिन्दुमा उनको स्थिति अझै पनि अनिश्चित छ।’

उनले थपे, ‘काँधमा लडेको कारणले गर्दा उनलाई अझै पनि पीडा भइरहेको छ। आशा छ उनी चाँडै निको हुनेछन्।’

दक्षिण अफ्रिका र न्युजिल्याण्डबिचको सेमिफाइनल खेलको क्रममा फिल्डिङ गर्दा २९ औँ ओभरमा उनी लङ अनतिर दौडेर हेनरिक क्लासेनको क्याच लिन डाइभ गरे। उनले क्याच त लिए तर घाइते भए। यसपछि उनी केही समयको लागि मैदान बाहिर पनि गए। यद्यपि, उनले खेलको अन्तिम ओभरमा दुई ओभर बलिङ गरे। चोट लागे पनि मैदानमा फर्किएपछि उनले डाइभ गरिरहेको देखिएको थियो।

हेनरी च्याम्पियन्स ट्रफी २०२५ का सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले ४ खेलबाट १६.७ को औसतमा १० विकेट लिएका छन्। जसमध्ये उनले भारतविरुद्धको समूह खेलमा पाँच विकेट लिएका थिए।

भारत र न्युजिल्याण्ड २५ वर्षपछि च्याम्पियन्स ट्रफीको फाइनलमा भिड्न लागेका हुन्। यसअघि सन् २००० मा नैरोबी मैदानमा खेलिएको फाइनलमा न्युजिल्याण्डले भारतलाई ४ विकेटले हराएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप