गैर आवासीय मधेसी संघ युएईको पाँचौँ महाधिवेशन सम्पन्न, अध्यक्षमा अंसारी

युएई । विश्वभर छरिएर रहेका मधेसीहरूको छाता सङ्गठन अन्तर्राष्ट्रिय गैर आवासीय मधेसी संघ (एनआरएमए) युएई शाखाको पाँचौँ महाधिवेशन सम्पन्न भएको छ ।शुक्रवार सम्पन्न पाँचौँ महाधिवेशनबाट सदाम अंसारीको अध्यक्षतामा २० सदस्यीय युएई समिति नयाँ कार्य समिति चयन भएको हो ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शम्भु महारा, उपाध्यक्षमा शिव दयाल चौधरी, मनोज कुमार साह, प्रमोद राम चुनिएका छन्। यसैगरी महासचिवमा सुनिल मण्डल, सचिवमा महेश्वर यादव, कोषाध्यक्षमा श्याम साह, सह(कोषाध्य प्रमोद साह, मिडिया कोर्डिनेटरमा प्रमोद पासवानलाई चयन गरिएको छ ।
सदस्यहरूमा लक्ष्मी साह, जितेश चौधरी, धर्मेन्द्र साह, उपेन्द्र राउत, रवी पटेल, रविन्द्र दास, राम नारायण यादव, सत्य नारायण साह, अवधेश मिश्र, उदाय साहलाई चयन गरिएको छ ।
बैठकले तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा वरिष्ठ सल्लाहकार ई। संजय कुमार कर्ण, सल्लाहकार जग नारायण मण्डल, हेमु कर्ण रहेका छन् । मधेसी समुदायलाई सङ्गठित गर्दै मधेस र मधेसीको हकहितमा काम गर्ने छाता संगठनको रूपमा गैर आवासीय मधेसी संघ अन्तर्राष्ट्रिय समितिको स्थापना ८ सेप्टेम्बर २०१० मा भएको हो ।
गैर आवासीय मधेसी संघ ४४ वटा देशमा फैलिएको छ भने यस संगठनमा २ लाख भन्दा बढ़ी सदस्य रहेका छन्। युएई मलेसिया, कतार , साउदी अरब, कुवेत, भारत र मध्यपूर्वका देशहरुमा एनआरएमएका सदस्यहरुको बाक्लो उपस्थिति रहेको छ ।
बिदेशी भूमिमा पनि गैर आवासीय मधेसी संघ एउटा सशक्त, सङ्गठित र प्रभावकारी संगठनको रूपमा देखिएको छ । संगठनले आगामी दिनहरुमा मधेशमा आमूल सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनका साथ अगाडि बढ्दै गरेको युएई समितिको अध्यक्ष सदाम अंसारीले बताए ।
कार्यक्रमको उद्घाटन शत्रमा प्रमुख अतिथिको रुपमा जनमत पार्टीका अध्यक्ष डा सिके राउतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नु पर्छ: उपप्रधानमन्त्री पौडेल
-
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
-
पूर्वराजालाई समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव
-
सहकारीको सम्पत्ति बेचर ५ लाख रुपैयाँसम्मको बचत फिर्ता दिन सुझाव
-
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट
-
शिक्षकहरूको आन्दोलन र वार्ता सँगसँगै, प्रदर्शनका तस्बिरहरू