जर्मन बुण्डेस लिगामा मेन्जले 'बोरुसिया'लाई हरायो
शनिबार, २४ फागुन २०८१, ०४ : ३६

काठमाडौं । जर्मन बुण्डेस लिगामा मेन्जले बोरुसिया म्याग्लाडव्याचलाईलाई हराएको छ । मेन्जले म्याग्लाडव्याचको घरेलु मैदानमा ३-१ गोल अन्तरको जित निकालेको हो ।
मेन्जलाई जिताउन पउल नेबेल, डोमिनिक कोहर र नादिम अमिरीले गोल गरे । यस्तै, म्याग्लाडव्याचका स्टिफन लेनरले एक गोल फर्काए । यो जितसँगै मेन्ज अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको २५ खेलबाट ४४ अंक भएको छ ।
शीर्ष स्थानको बायर्न म्युनिखको २४ खेलबाट ६१ अंक छ भने बायर लिभरकुजेन समान खेलबाट ५३ अंकका साथ दोस्रो स्थानमा छ । आइन्ट्राच्ट फ्यान्कफर्ट भने चौथो स्थानमा झरेको छ ।