युक्रेनबारे ट्रम्पका दुईथरी बयान, 'रुसप्रति कहिले गरम, कहिले नरम'

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग निपट्न ‘निकै कठिन’ रहेको बताएका छन् । सुरुमा युक्रेनको पक्ष लिएर रुसी आक्रणको विरोध गरेका ट्रम्पले ओभल अफिसमा पत्रकारहरुसँग भने फरक बयान दिएका हुन् ।
शान्ति सम्झौतामा पुग्नुभन्दा पहिले रुसमाथि ठूलो परिमाणको प्रतिबन्ध तथा ट्यारिफ लगाउने दृढता जनाएका ट्रम्पले शान्ति सम्झौताका लागि रुससँग लड्न सहजै हुने बताए । बीबीसीले आफ्ना सुरक्षा संवाददाता फ्र्यान्क गार्डनरको हवाला दिँदै अमेरिकी ट्यारिफको खतराबाट भ्लादिमिर पुटिनले अनावश्यक तनाव लिन जरुरी नरहेको उल्लेख गरेको छ ।
यसअघि, युक्रेनले आफ्नो उर्जा विकास प्रणालीमा रातभर भएको रुसी आक्रमण रोक्नका लागि पहिलो पटक फ्रान्स निर्मित मिराज जेट प्रयोग गरेको थियो । यो आक्रमण अमेरिकाले कीवमाथि सैन्य सहायता प्रतिबन्ध गरेको केही दिनपछि गरिएको बताइएको छ । उता, पोलिश प्रधानमन्त्री डोनाल्ड टस्कले सबै वयस्क पुरुषलाई युद्धकलाको प्रशिक्षण दिने योजना घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ