बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

अटो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

शुक्रबार, २३ फागुन २०८१, २२ : १३
शुक्रबार, २३ फागुन २०८१

गाईघाट ।  यहाँको त्रियुगा नगरपालिका–९ स्थित मदन भण्डारी राजमार्गको राजावास खण्डमा आज साँझ अटो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार अटोसँग ठोक्किँदा मोटरसाइकल चालक मोरङको लेटाङ नगरपालिका–७ बस्ने वर्ष २६ को अजय लिम्बूको मृत्यु भएको हो । प्रदेश १ –०५–०० ह ०३१० नम्बरको अटो रोकेर यात्रु उतारेपछि घुमाउने क्रममा तीव्र गतिमा आउँदै गरेको प्रदेश १–०२–०४ प ५७४३ नम्बरको मोटरसाइकल   ठोक्किएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका चालक लिम्बूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेको थियो । घटनालगत्तै प्रहरीले अटो चालक त्रियुगा नगरपालिका–७ चुहाडे बस्ने ३८ वर्षीय भुसीलाल दनुवारलाई अटोसहित नियन्त्रणमा लिएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए । बिहीबार साँझ मात्रै गाईघाटमा एक गाडीको ठक्करले एकै घरका दिदी बहिनीको मृत्यु भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप