गौतमबुद्ध विमानस्थलबाट चार अन्तरराष्ट्रिय एयरलाइन्सको नियमित उडान
_u6PlbXeg3I.jpg)
काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट चार अन्तरराष्ट्रिय एयरलाइन्सले नियमित उडान सञ्चालन गरिरहेका छन् । यसअघि मौसमी अवस्था र यात्रु अभावले नियमित उडान हुन सकिरहेको थिएन ।
अहिले उक्त विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कुवेतको जजिरा एयरवेज, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाई एयर एसियाले अन्तरराष्ट्रिय उडान गरिरहेका हुन् ।
भैरहवामा चार अन्तरराष्ट्रिय एयरलाइन्सको नियमित उडान भइरहेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनले विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन भएसँगै विमानस्थल चलायमान बन्ने र अन्य एयरलाइन्स पनि आकर्षित हुने विश्वास व्यक्त गरे ।
गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुर–भैरहवा–काठमाडौँ भएर उडान गर्दै आएको छ । जजिरा एयरवेज र थाई एयर एसियाले गत माघ २४ गतेदेखि पुनः उडान सुरु गरेका विमानस्थल कार्यालयले जनाएको छ ।
फ्लाई दुबईले एकमहिना अघिदेखि पुनः उडान सुरु गरेको थियो । जजिरा एयरवेज र थाई एयर एसियाले गत कात्तिकदेखि उडान सुरु गरेका हुन् । गौतमबुद्ध विमानस्थलबाट फेब्रुअरी महिनामा कूल एक सय १५ उडानमार्फत छ हजार आठ सय ७९ यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?
-
सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारीले भनिन्-‘हिमालमा जीवन छैन’
-
‘प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारबढी आयोजना कटौती
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण