बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दामा फरार एकजना पक्राउ

शुक्रबार, २३ फागुन २०८१, २० : ५१
शुक्रबार, २३ फागुन २०८१

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार एकजनालाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित टिकाथलीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको भंगाहा नगरपालिका–३ घर भएर ललितपुर बस्ने रामनाथ सिंह छन् । 

५० वर्षीय सिंहविरुद्ध २०७७ माघमा उच्च अदालत पाटनबाट ११ लाख बिगो भराउने फैसला भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । सिंहलाई प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप