बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

काठमाडौँ आउँदै गरेका ७ जना भारतीय क्रिप्टो कारोबारी फर्पिङबाट पक्राउ

१ करोड ८९ लाखको कारोबार, ३२ थान मोबाइल बरामद
शुक्रबार, २३ फागुन २०८१, २० : ३४
शुक्रबार, २३ फागुन २०८१

काठमाडौँ । काठमाडौँको फर्पिङबाट प्रहरीले ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार फर्पिङ चेकपोष्टबाट पक्राउ परेका उनीहरू क्रिप्टोकारोबारमा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

पक्राउ पर्नेमा राजस्थान घर भएका २१ वर्षीय अजय सैनी, १८ वर्षीय हिमान्सु सैनी, २६ वर्षीय अंकित सैनी, १९ वर्षका आर्यन सैनी, २० वर्षीय अभिषेक सैनी, १८ वर्षीय बिरेन्द्र गुजर र ४२ वर्षीय उमाशंकर शर्मा छन् ।

आरोपीहरूको साथबाट ३२ थान मोबाएल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । मोबाइल चेकजाँच गर्दा उनीहरुले १ करोड ८९ लाख बराबरको क्रिप्टो कारोबार गरेको भेटिएको छ । बरामद मोबाइल परीक्षणको लागि डिजिटल फरेन्सिक ल्याबमा पठाइने एसएसपी अधिकारीले जानकारी दिए ।

भारतीयहरुविरुद्ध प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप