सुनगाभा सैनामैना गोल्डकप : आयोजक सेमिफाइनलमा प्रवेश

बुटवल । रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मुर्गिया फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक मुर्गिया र भारतको सिक्किम डिजोङ्ग्री फुटबल क्लबबिच भएको खेलमा १–० गोल अन्तरले जित निकाल्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा मुर्गियाका एरोन थापाले ८६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । घरेलु मैदानमा उत्रिएको मुर्गियाले डिजोङ्गीलाई दोस्रो हाफको अतिरिक्त समयमा गोलविहीन बनाउन सफल रह्यो । खेलको पहिलो हाफमा भने दुवै टिमले बारम्बार गोल गर्न प्रयास गरेपनि गोल गर्न भने सकेनन् । सैनामैनाको फुटबल रंगशालामा भइरहेको खेलमा आज मुर्गिया फुटबल क्लबका एरोन थापा म्यान अफ दि म्याच घोषित भए ।
फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा शनिबार कपिलवस्तु ११ र फर्साटिकर फुटबल क्लबबिच दिउसो ३ बजे प्रतिस्पर्धा हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चबाट पुनरावलोकनको मुद्दा फिर्ता लिँदै मनाङे, उपस्थित भए इजलासमा
-
लोकतन्त्रको आन्दोलनमा माधव कमरेडको भूमिका
-
पहलगाम आक्रमणपछि पाकिस्तान सरकारको वेबसाइट र एक्स एकाउन्ट ब्लक
-
जम्मू कश्मीरको उधमपुरमा अतिवादीहरूसँगको भिडन्तमा एक सैनिकको मृत्यु
-
शान्ति वार्तालाई हानी पुर्याएको जेलेन्स्कीमाथि आरोप
-
भारतको कुनै पनि आक्रमणको उचित जवाफ दिने पाकिस्तानका रक्षामन्त्रीको चेतावनी