काठमाडौँ । बालगायक अनुभव दुवाडीको बालगीत 'उडी जाने चरी' सार्वजनिक भएको छ । गीतमा शब्द ललिता दोषीका रहेका छन् भने रमेश सुवेदीले संगीत भरेका छन्।
कृष्ण भान्जाले मिक्सिङ/मास्टरिङ गरेको गीतमा डिल्लीराम दुलाल र सुरज आचार्यकाे एरेन्ज छ ।
गीतको भिडियोमा 'एआई जेनेरेटेड'सामग्री राखिएको छ। अनित व्यञ्जनकारले भिडियो सम्पादन गरेका हुन्।
प्रतिक्रिया