जनतालाई खुसी दिन नसक्दा राजतन्त्रको माग गर्दै प्रदर्शन भयो : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनतालाई खुसी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरूले प्रदर्शन गरेको बताएका छन् । झापामा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेता कोइरालाले राजा फर्काउनुपर्छ भन्नेकुरा नेपालमा मात्र नभइ फ्रान्स लगायतका देशहरूमा पनि हुने गरेको भन्दै नागरिकहरू असन्तुष्ट हुँदा अहिले प्रदर्शन भएको बताए । गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन सक्यो कि सकेन भन्नेकुरामा ध्यान दिन जरुरी हुने उनले बताए । उनले राजतन्त्र फर्किने आफूलाई विश्वास नरहेको उनले जिकिर गरे । गणतन्त्रका रक्षकहरूले राम्रो काम गरेर देखाउनुपर्ने उनले बताए ।
उनले भने, ‘अरूले पूर्वराजा भन्छन् म राजा नै भन्छु । किनभने कार्यकारी भइसकेको व्यक्तिलाई पूर्व भन्ने चलन बाहिर छैन, नेपालमा मात्रै छ । राजाको कुरा हेर्दा हरेक देशमा चलिरहेको हुन्छ । आज पनि फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ । चिया पसलमा राजा फर्काउनुपर्छ भन्ने गफ हुन्छ ।’
नेता कोइरालाले अध्यादेशको विषयवस्तु भन्दा पनि संसद् बोलाउने समयमा ल्याउनु गलत भएको बताए । उनले पाँच वटा अध्यादेश संसदबाट स्वीकृत भएपनि भूमि सम्बन्धी अध्यादेश किन स्वीकृत नगरिएको भन्दै प्रश्न गरे ।
नेता कोइरालाले कांग्रेस सत्तामा रहेको तर सरकारमा नरहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनाका गोलकिपरले किन खाए प्रशिक्षकको गाली ?
-
योगी आदित्यनाथको जीवनमा आधारित फिल्म पाँच भाषामा रिलिज हुने
-
‘१० वर्षमा देश स्विट्जरल्याण्ड बनाउँछु भन्थे, अहिले युवा रोजीरोटीका लागि बिदेसिनुपर्ने बाध्यता छ’
-
हारको सँघारमा पुगेको एपीएफलाई लोकेश बमले अविश्वासिलो जित दिलाए
-
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
-
अलेक्सान्डर आर्नोल्डलाई भित्र्याउने अन्तिम तयारीमा रियल