स्पष्टीकरणको जवाफ आएपछि कुलमानबारे निर्णय लिन्छौँ : मन्त्री खड्का
शुक्रबार, २३ फागुन २०८१, १८ : ३०

काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङको स्पष्टीकरणको जवाफ आएपछि पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय हुने बताएका छन् । शुक्रबार संसद् भवनमा मन्त्री खड्काले स्पष्टीकरणको जवाफ आएपछि कुलमानबारे निर्णय लिने बताए ।
मन्त्री खड्काले नेपालमा भारतबाट बिजुली आयात गरिएका कारण लोडसेडिङ हट्न सफल भएको जिकिर गरे । भारतलाई समेत बिजुली आवश्यक भइरहेको अवस्थामा नेपाललाई विद्युत दिएर ठुलो सहयोग गरेको उनले बताए । प्राधिकरणको नाफाको विषय छानबिन भएपछि थाहा हुने उनको भनाइ छ ।
कुलमानको विषय व्यक्तिगत नभएर सरकारको विषय भएको भन्दै उनले कर्मचारीहरू अनुशासित हुनुपर्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा