राजसंस्था फर्किने कुनै सम्भावना छैन : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजसंस्था इतिहास भइसकेकाले फर्केर आउने कुनै सम्भावना नरहेको बताएका छन् । शुक्रवार आफ्नो जन्मदिनका अवसरमा आफ्नै निवास कोटेश्वर बिरुवा रोप्दै अध्यक्ष नेपालले राजसंस्था फर्कने कुनै सम्भावना नरहेको बताए ।
देशको लागि विकास गर्ने चाहना भए चुनाव लडेर प्रधानमन्त्री बन्न उनले सुझाव दिए । उनले भूमाफियासँग मिलेर सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाए । आफूले ल्याएको अध्यादेश फेल वा निष्क्रिय भए सरकारलाई नैतिक सङ्कट पर्ने उनको भनाइ छ ।
अध्यक्ष नेपालले दलसम्बन्धी कानुन ल्याएर दल फुटाउने षडयन्त्रकारीहरूको अन्त्य हुने भन्दै आफ्नो पार्टी कुनै हालतमा नफुट्ने जिकिर गरे । रौतहटबाट पहिलो पटक अभियानका रूपमा सुरुवात गरिएको वृक्षारोपण अभियानलाई ऐक्यबद्धता जनाउँदै अध्यक्ष नेपालले फलको बिरुवा रोपेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै