ढुक्क हुनुहोस् गठबन्धन सरकार ०८४ सालसम्म चल्छ : प्रधानमन्त्री ओली

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार २०८४ सालसम्म जाने दाबी गरेका छन् । शुक्रवार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘दिनैपिच्छे सरकार गैजान्छ भन्न थाले । अहिलेका दुई ठुला पार्टी बनेर सरकार बनेको हो । साधारण अवस्थामा सरकार बनेको हैन । अब १६ महिना मैले सरकार चलाउँछु, त्यसपछि शेरबहादुर जीले सरकार चलाउनुहुन्छ । तपाईँहरु ढुक्क हुनुहोस् यो सरकार ८४ सम्म जान्छ ।’
उनले राजावादीहरूको आन्दोलनप्रति सङ्केत गर्दै होहल्लाका भरमा सत्ता कब्जा हुन नसक्ने बताए । ‘हा हु..का भरमा सत्ता कब्जा गर्ने, कुन प्रणाली ल्याउन खोजेको हो ? यो संविधान फाल्ने, कस्तो संविधान ल्याउने ? राणा शासनतर्फ फर्कने ?’
ओलीले अहिले गन्तव्यहीन खालका कुराको बाढी आएको बताए । ‘हरेक मान्छे राजा हुन खोज्ने ? संविधानभन्दा माथिका कुरा गर्ने । सामाजिक सञ्जाल हेरि नसक्नु छ । हाम्रो सभ्यता यो हैन, हामी सभ्य देशका नागरिक हौँ, यो संस्कार हाम्रो होइन । जात, धर्म लगायत विभिन्न तरिकाले जनताकाबिच फाटो ल्याउने काम भइरहेको छ ।’
उनले दुई चार जना उरन्ठेउला व्यक्तिले बोल्दैमा केही नहुने बताए । देशलाई सही बाटोमा जानका लागि कांग्रेस–एमाले सरकार बनेको बताउँदै उनले प्रश्न गरे– ‘संविधान नमान्ने रे ? के मान्छौ त ?’
उनले केही मानिस सडकमा कराइरहेका बताउँदै २०८४ सालमा देखाइदिने बताए । उनले भने, ‘केही साथीहरू सडकमा कराइरहेका छन्, लोकप्रिय छु भन्ने लाग्छ भने ८४ पर्खिनुस् न । चुनावमा आउनुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर छनोट प्रक्रिया चलिरहेको बेला विश्व पौडेल भन्छन्, ‘मान्छे अयोग्य कोही हुँदैन’
-
पब्लिक युथ क्याम्पसका सात जना कर्मचारीले सरुवा मागे
-
कुलमानले सर्वोच्चमा दायर गरेको रिट निवेदनमा के छ ? (पूर्णपाठसहित)
-
दोस्रो डिजिटल मिडिया अवार्डबाट सञ्चारकर्मीहरू सम्मानित
-
कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गरेर संसद् अवरुद्ध गर्नु अनुचित: विश्वप्रकाश
-
नचाहिने विषयमा अत्तो थापेर सदन अवरुद्ध गरियो : प्रधानमन्त्री