एनएसएलको तेस्रो संस्करणमा एनसेल मुख्य प्रायोजक

काठमाडौँ । फुटबलको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणलाई एनसेलले मुख्य प्रायोजन गर्ने भएको छ । एनएसएलले शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा यसको घोषणा गरेको हो ।
एनएसएलको मुख्य प्रायोजन सम्बन्धी सम्झौता पत्रमा नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरी र एनसेलका कमर्सियल अफिसर उमर मोहसिनले हस्ताक्षर गरे । दुवै पक्षले प्रायोजन रकम भने खुलाएका छैनन् । प्रतियोगिताको आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट हो । आगामी संस्करणका लागि अक्सन (खेलाडी खरिद–बिक्री) प्रक्रिया पनि यसअघि नै पुरा भइसकेको छ ।
यसपटक प्रतियोगितामा बुटवल लुम्बिनी फुटबल क्लब, चितवन फुटबल क्लब, धनगढी फुटबल क्लब, झापा फुटबल क्लब, काठमाडौँ रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब र पोखरा थन्डर्स फुटबल क्लबको सहभागिता रहेको छ ।
यस सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्ने बताएको छ। साथै यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ। नेपाल र नेपाली उपभोक्ताहरूलाई एक आपसमा जोड्ने एनसेलको मूल दर्शन नेपाली फुटबलप्रतिको भावनासँग पनि मेल खाने कम्पनीको भनाइ छ ।
सन् २०२१ मा स्थापना भएको नेपाल सुपर लिगलाई एनएसईएमले अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ । थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ। यसले क्षेत्रीय पहिचान प्रवर्द्धन गर्दै एकता र गौरवको भावनालाई अझ बलियाे बनाएको छ।
नेपाल सुपर लिगको आधिकारिक खेल २९ मार्च २०२५ बाट सुरु हुनेछ । यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरूबिच कडा प्रतिस्पर्धा हुनेछ। देशभरका फुटबल प्रेमीहरूका लागि यो उत्साहजनक र रोमाञ्चक क्षण हुनेछ जहाँ विभिन्न टिमहरू उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
सगरमाथा आरोहणको तयारी सुरु, बाटो बनाउन खटाइए ‘आइसफल डाक्टर’
-
एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा
-
राजावादी सक्रीय भएपछि माधव नेपालको पार्टीले गर्यो सङ्घर्ष गर्ने निर्णय
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण
-
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई