प्रतिनिधिसभा बैठक फागुन २७ गतेसम्मका लागि स्थगित
शुक्रबार, २३ फागुन २०८१, १६ : २०
_ZATzG4edp1.jpg)
काठमाडौँ । प्रतिनिधिसभाको बैठक फागुन २७ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक फागुन २७ गते दिउँसो एक बजे बोलाएका हुन् ।
शुक्रवारको बैठकमा आकस्मिक, शून्य समयका कार्यक्रम राखियो । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रतिनिधि सभामा शून्य र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिए ।
त्यस्तै बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट आयोगको २०८०/०८१ को २४ औँ वार्षिक प्रतिवेदन सभामा पेस गरे । बैठकमा ऊर्जा मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेय २०८१ माथि विचार गरियोस् गर्ने प्रस्ताव पेस गरे । विधेयक प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनप्रसाद सुब्बाका तीन कविता
-
घण्टौँ विवाद भइरहँदा पुगेन प्रहरी, सानो विवादमै चल्यो गोली
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
नेविसंघले अनैतिक हर्कत गरेर स्ववियु निर्वाचन भाँड्न खोजेको अनेरास्ववियुकाे आरोप
-
ट्याक्सी चालकको हत्या र लुटपाट गरी फरार १५ वर्षपछि पक्राउ
-
अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ