मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालयका ३ हजारभन्दा बढी विद्यार्थी दीक्षित

शुक्रबार, २३ फागुन २०८१, १५ : ४७
शुक्रबार, २३ फागुन २०८१

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका ३ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।

शुक्रबार तेस्रो दीक्षान्त समारोहका अवसरमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तीन हजार आठ सय ४१ विद्यार्थीलाई दीक्षित गरेका हुन् । 

समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इन्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र समाजशास्त्र गरी सबै संकाय र स्कुलबाट स्नातक तहमा दुई हजार एक सय ८९ र स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार ६ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ गरी तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप