‘बी’ डिभिजन लिग फुटबल आइतबारदेखि, १४ वटा क्लबको सहभागिता रहने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी आइतबार (फागुन २५ गते) देखि ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित दशरथर रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलाइने एन्फाले जनाएको छ ।
प्रतियोगिताका क्रममा सिंगल राउन्ड रोविन लिगका आधारमा कुल ९१ खेल सञ्चालन हुनेछन् । प्रतियागितामा देशभरका १४ वटा क्लबको सहभागिता रहने छ । सहभागी क्लबमा आरसीटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब र ब्वाइज युनियन क्लब रहेका छन् ।
यसैगरी, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँवस्ती युथ क्लब, सरस्वती युथ क्लब, विरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड क्लबको पनि प्रतियोगितामा सहभागिता रहने एन्फाले जनाएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको पनि एन्फाले जनाएको छ । प्रतियोगिताको टिकट दर दशरथ रंगशालामा साधारण प्यारापिटतर्फ एक सय रुपैयाँ र भीआईपी प्यारापिटतर्फ तीन सय रुपैयाँ निर्धारण गरिएको छ ।
एन्फा कम्प्लेक्स मैदानमा भने एक सय रुपैयाँ टिकट दर कायम गरिएको एन्फाले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले १० लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछ ।
यसैगरी, तेस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छ । फेयर प्ले टोलीले पनि एक लाख रुपैयाँ पुरस्कार हात पार्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पनि एक लाख रुपैयाँ पुररुकार पाउने छन् । उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले ५०–५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पनि सात हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको आयोजना गर्न तीन करोड ९३ लाख एक हजार आठ सय १३ रुपैयाँ खर्च हुने अनुमान गरिएको एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व
-
उच्च अदालतको फैसला- अब रवि र छविको मुद्दा एकैसाथ हेरिने
-
भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना, ८ जना घाइते
-
पर्साको बालसुधार गृहमा होली मनाइयो
-
उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा
-
होलीमा अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट ५० जना पक्राउ