अमेरिकाले सैन्य सहायता रोकेपछि युक्रेनमाथि रुसको हमला, १८ जनाको मृत्यु
शुक्रबार, २३ फागुन २०८१, १५ : २८

किभ । रुसले युक्रेनमाथि व्यापक हमला गरेको छ । कृष्ण सागरमा रहेका जहाजबाट रुसले व्यापक मिसाइल र ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय समाचारमा उल्लेख छ ।
युक्रेनको नेभी प्रवक्ता दम्योत्रो प्लेटेन्चकले यस्तो खालको हमला यो वर्ष सुरु भएयताकै ठुलो रहेको जनाएका छन् । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेपछिको यो पहिलो हमला भएको जनाइएको छ ।
रातभरि भएको यस हमलामा चार जना बालबालिकासमेत १८ जनाको मृत्यु भएको बताइएको छ । हमलामा युक्रेनको ऊर्जा पूर्वाधार ग्यास उत्पादन केन्द्रहरूलाई लक्षित गरिएको युक्रेनी ऊर्जामन्त्रीले भनेका छन् । आक्रमणमा युक्रेनको दोस्रो ठुलो सहर खार्किभमा आठ जना घाइते भएका छन् । महत्त्वपूर्ण पूर्वाधार र आवासीय भवनहरू क्षतिग्रस्त भए । पूर्वी दोनेत्स्क क्षेत्रमा दुई बालिकासमेत सात जना घाइते भएको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकको माग पूरा गर्दा सरकारलाई करिब ८ अर्ब दायित्व बढ्ने
-
विद्यालय शिक्षा विधेयक पारित गर्ने सम्बन्धमा सत्तापक्षले गरेको लिखित प्रतिबद्धता सार्वजनिक
-
सरकारसँग सहमति भएपछि रोकियो शिक्षकहरूको आन्दोलन
-
सरकार र शिक्षकहरूबिच ९ बुँदे सहमति, पत्रकार सम्मेलनमार्फत सार्वजनिक
-
अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको स्पष्ट बहुमत आउन गाह्रो छ : देउवा
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू