आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : यी हुन् ‘गोल्डेन ब्याट’ र ‘गोल्डेन बल’ का सम्भावित विजेताहरु

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणको फाइनल खेल आइतबार खेलिँदै छ । फाइनलमा दुई पटकको च्याम्पियन भारतले दोस्रो संस्करणको विजेता न्युजिल्यान्डसँग उपाधिका लागि भिडन्त गर्दैछ ।
नवौँ संस्करणमा एक खेलमात्र खेल्न बाँकी रहँदा यसपटक ‘गोल्डेन ब्याट’ र ‘गोल्डेन बल’ जित्ने खेलाडीहरुको चर्चा पनि सुरु भइसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले लामो समयदेखि च्याम्पियन्स ट्रफीमा ‘गोल्डेन ब्याट’ र ‘गोल्डेन बल’ पुरस्कार दिँदै आएको छ ।
च्याम्पियन्स ट्रफीमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानले ‘गोल्डेन ब्याट’ पुरस्कार पाउँछन् । सर्वाधिक विकेट लिने बलरले भने ‘गोल्डेन बल’ पुरस्कार पाउने गरेका छन् । विगतमा भारतका शिखर धवन, वेस्ट इन्डिजका क्रिस गेललगायतका खेलाडीले ‘गोल्डेन ब्याट’ पाइसकेका छन् ।
यसैगरी, भारतका रवीन्द्र जडेजा, दक्षिण अफ्रिकाका ज्याक्स कालिसजस्ता खेलाडीले ‘गोल्डेन बल’ पुरस्कार हात पारिसकेका छन् । यसपटक उपाधि होडबाट बाहिरिइसकेका टोलीका ब्याट्सम्यान पनि ‘गोल्डेन ब्याट’ पुरस्कारको होडमा देखिएका छन् ।
यसपटक ‘गोल्डेन ब्याट’ पाउने ब्याट्सम्यानको सूचिमा हालसम्म इङ्ल्यान्डका बेन डकेट सबैभन्दा अगाडि छन् । यद्दपि, उनको टोली इङ्ल्यान्ड यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । जारी च्याम्पियन्स ट्रफीको तीन खेलमा डकेटले कुल दुई सय २७ रन बनाएका छन् ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा न्युजिल्यान्डका रचिन रवीन्द्र दोस्रो स्थानमा छन् । उनले तीन खेलमा दुई सय २६ रन बनाएका छन् । न्युजिल्यान्ड फाइनलमा पुगेकाले उनलाई ‘गोल्डेन ब्याट’ पुरस्कारको बलियो दाबेदारका रुपमा हेरिएको छ ।
फाइनलमा दुई रन बनाए रचिनले बेन डकेटलाई उछिन्ने छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा इङ्ल्यान्डका जो रुट तेस्रो स्थानमा छन् । उनले तीन खेलमा कुल दुई सय २५ रन बनाएका छन् । तर, टोली उपाधि होडबाट बाहिरिएकाले उनले ‘गोल्डेन ब्याट’ जित्ने सम्भावना छैन ।
‘गोल्डेन ब्याट’ पुरस्कार जित्ने अभियानमा भारतका प्रभावशाली ब्याट्सम्यान विराट कोहली पनि छन् । उनले चार खेलमा कुल दुई सय १७ रन बनाएका छन् । भारत फाइनलमा पुगेकाले विराटले अरूलाई उछिन्दै ‘गोल्डेन ब्याट’ जित्ने सम्भावना छ ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा अफगानिस्तानका इब्राहिम जदरान (२१६ रन) पाँचौँ, भारतका श्रेयष ऐयर (१९५ रन) छैटौँ, दक्षिण अफ्रिकाका राशी भान डेर डुसेन (१९३ रन) सातौँ, न्युजिल्यान्डका टम लाथम (१९१ रन) आठौँ, न्युजिल्यान्डका केन विलियम्सन (१८९ रन) नवौँ र भारतका शुभमन गिल (१५७ रन) दशौँ स्थानमा आसिन छन् ।
यसैगरी, सबैभन्दा बढी विकेट लिएर ‘गोल्डेन बल’ जित्न सक्ने सम्भावित बलरको सूचिमा न्युजिल्यान्डका म्याट हेनरी पहिलो स्थानमा छन् । उनले हालसम्म चार खेल खेल्दै १० विकेट लिइसकेका छन् ।
सर्वाधिक विकेट लिने बलरको सूचिमा भारतका मोहम्मद सामी दोस्रो स्थानमा छन् । उनले चार खेलमा आठ विकेट लिएका छन् । न्युजिल्यान्ड र भारत फाइनलमा पुगेकाले हेनरी र सामी ‘गोल्डेन बल’ का प्रवल दाबेदार हुन् ।
सर्वाधिक विकेट लिने बलरको सूचिमा तेस्रो स्थानमा भारतका वरुण चक्रवर्ती छन् । उनले दुई खेलमा सात विकेट लिएका छन् । अफगानिस्तानका अजमतुल्लाह ओमरजाई, अस्ट्रेलियाका बेन्जामिन ड्वारशस र न्युजिल्यान्डका मिचेल सान्टनरले पनि सात–सात विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर
-
‘नरसिंहा अवतार’ले किन बनायो ६० फिट लामो पोस्टर ?
-
‘ठुलो भिड रहेकाले कार्यक्रम स्थलबाट प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन’
-
तीनकुने प्रदर्शनमा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो
-
प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट
-
भक्तपुरमा गुन्जँदै रामकृष्ण ढकाल