संसद्मा प्रश्न : हवाई सेवा किन यति बेवारिसे बनाइयो ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामा तामाङले हवाई सेवा यति बेवारिसे किन बनाइएको हो भन्दै सरकारलाई प्रश्न गरेकी छन् ।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद तामाङले बिहीबार बेलुका बुद्ध एयरको पाङ्ग्रा जनकपुरमा छुटेर प्लेन काठमाडौँमा पुग्ने अवस्था कसरी आयो भन्दै प्रश्न गरेकी छन् ।
उनले भनिन्, ‘हाम्रो हवाई क्षेत्र यति बेवारिसे किन बन्यो ? यो गम्भिर चिन्ताको विषय बनेको छ । प्राविधिक पक्ष यति कमजोर छ, कहिले उड्दाउड्दै प्लेनमा धुवाँ निस्कन्छ, कहिले पाङ्ग्रा फुस्किन्छ, कहिले उड्दाउड्दै झ्याल खुल्छ । प्राविधिक कारणले सर्पोटमै ठुलो दुर्घटना हुन्छ । मानवीय र भौतिक क्षति हुन्छ तर पनि सुधार आउँदैन । यो के भएको हो ? विमान दुर्घटापिच्छे छानबिन समिति बन्छ, प्रतिवेदन आउँछ कर्मकाण्ड पुरा हुन्छ, अवस्था भने जहाँको त्यही ।’
नेपालको आन्तरिक र अन्तराष्टिय दुवै हवाई सेवा भरपर्दो नरहेको सांसद लामाको भनाइ छ । उनले हवाई क्षेत्र अस्तव्यस्त भएकाले व्यापक सुधारको आवश्यकता रहेको बताइन् ।
अहिले कमिसनको भरमा नक्कली सामान राखेर प्लेन जस्तो संवेदनशील साधनमाथि खेलबाड गर्ने, देशको पहिचान र यात्रुको जीवनसँग जोडिएको हवाइयात्रा सुरक्षित पार्नुको साटो सुपरग्लुले प्लेन टाँसेर उडाउने अवस्था रहेको उनको आरोप थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गर्दा पनि दलहरू एकै ठाउँमा हुनुपर्छ : राष्ट्रियसभा सदस्य ढुङ्गाना
-
गृहमन्त्रीद्वारा प्रादेशिक आपत्कालीन गोदाम घर कर्णाली सरकारलाई हस्तान्तरण
-
वैदेशिक रोजगारीबाट फर्किएका इन्द्रलाल केराखेतीबाट मासिक १ लाखसम्म आम्दानी गर्दै
-
क्यानडा र अमेरिकी सीमा पुनः निर्धारण गर्दै ट्रम्प
-
प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै
-
क्यानडाको दुग्धजन्य पदार्थ र काठमा पारस्परिक कर लगाउने ट्रम्पको चेतावनी