आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

२५ गते ज्ञानेन्द्रलाई निर्मल निवास पुर्‍याउँछौँ, नारायणहिटी होइन: दुर्गा प्रसाईं

शुक्रबार, २३ फागुन २०८१, २२ : १८
शुक्रबार, २३ फागुन २०८१

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले तत्काल राजतन्त्र फर्किन सम्भव नरहेको बताएका छन् । तर, आफूहरू राजतन्त्रको पक्षमा माहौल निर्माणमा भने निरन्तर लागिरहेको बताए । 

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले फागुन २५ गते आफूहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखराबाट फर्किँदा विमानस्थलमा स्वागत गर्ने र त्यहाँबाट निर्मल निवास पुर्‍याउने बताए । कतिपयले पूर्वराजालाई सिधै नारायणहिटीमा लैजाने भनेर अभिव्यक्ति दिएपनि अहिलेलाई निर्मल निवास नै लगिने बताए । 

यद्यपि अहिलेको व्यवस्था खराब भइसकेको दाबी गर्दै माहौल बनाएर व्यवस्था ढिलोचाँडो बदलिछाड्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप