फोटोफिचर
रमदानको पहिलो शुक्रवार: इस्लाम धर्मावलम्बीले पढे नमाज, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, २३ फागुन २०८१, १४ : २७

काठमाडौँ । इस्लाम धर्मावलम्बीहरुले मनाउने रमदान अहिले चलिरहेको छ । उनीहरूले आज पहिलो शुक्रवारको नमाज पढेका छन् ।
एक महिनासम्म चल्ने रमदानको समयमा इस्लाम धर्मावलम्बीले दिनमा ५ पटक नमाज पढ्ने गर्छन् । दिनभर निराहार बसेर साँझ घाम अस्ताए पछि उनीहरूले रोजा (व्रत) तोड्ने गर्छन् । हरेक दिन सूर्योदय भएसँगै रोजा सुरू हुने गर्छ । इस्लाम धर्मको नियमानुसार हरेक मुस्लिमले रोजा बस्नु अनिवार्य छ।
इस्लामका कल्मा (श्लोक), नमाज, रोजा, हज र जकातमध्येको एक आधारका रूपमा रोजालाई लिइन्छ। राजधानीको घण्टाघरमा रहेको मस्जिदमा नमाज पढ्ने आउने मुस्लिम धर्मावलम्बीको भीड लागेको छ। त्यहाँको तस्बिरहरूलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओटीटीमा डेब्यू गर्दै छिन् सुनिता अहुजा ?
-
मोटरसाइकल दुर्घटनामा काङ्ग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु
-
संविधान संशोधन गर्दा पनि दलहरू एकै ठाउँमा हुनुपर्छ : राष्ट्रियसभा सदस्य ढुङ्गाना
-
गृहमन्त्रीद्वारा प्रादेशिक आपत्कालीन गोदाम घर कर्णाली सरकारलाई हस्तान्तरण
-
वैदेशिक रोजगारीबाट फर्किएका इन्द्रलाल केराखेतीबाट मासिक १ लाखसम्म आम्दानी गर्दै
-
क्यानडा र अमेरिकी सीमा पुनः निर्धारण गर्दै ट्रम्प