आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

पाङ्ग्राबिनै जहाज अवतरण गरेकोबारे जाँचबुझ आयोग गठन गर्न सांसदको माग

शुक्रबार, २३ फागुन २०८१, १४ : २९
शुक्रबार, २३ फागुन २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले बुद्ध एयरको जहाज पाङ्ग्राबिनै काठमाडौं विमानस्थलमा अवतरण गरेको बारे जाँचबुझ आयोग गठन गर्न माग गरेका छन् । 

बिहीवार अपरान्ह जनकपुरबाट उडेको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबिनै काठमाडौंको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । 

उक्त जहाजमा ६२ यात्रु थिए । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सांसद सिंहले भने, ‘बुद्ध एअरको पाङ्ग्रा खसेको थियो । र काठमाडौंमा एउटा पाङ्ग्रमा मात्रै ल्याण्ड गर्यो । यसको विषयमा छानविन गर्न जाँचबुझ आयोग गठन गरियोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप