टिपरको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न रास्वपा सांसद झाको माग
शुक्रबार, २३ फागुन २०८१, १४ : २४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले टिपरहरुले कानुन नमान्दा दुर्घटनाहरु बढेको भन्दै टिपरको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले स्थानीय तहका जनप्रतिनिहरुको लगानी भएका टिपरहरुले कानुन मान्ने नगरेको बताए । टिपरको व्यवस्थापनमा राज्य संयन्त्र नै कमजोर रहेको उनको भनाइ छ । सांसद झाले सीतापाइला र धार्केमा टिपर हिँड्न अनुमति नदिएको भएपनि जबरजस्ती हिँडिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले सरकारले सडक दुर्घटना न्यूनीकरण पनि गर्ने हो कि मृतकको सङ्ख्या मात्र गनेर बस्ने हो भन्दै प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाको दुग्धजन्य पदार्थ र काठमा पारस्परिक कर लगाउने ट्रम्पको चेतावनी
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
जंगु र रुपालाई बाँके एमटीबी रेसको उपाधि
-
न्युजिल्यान्डसँग दोस्रो संस्करणको फाइनलमा भोगेको हारको बदला लिने धुनमा भारत
-
स्नेहा भन्छिन्- जनावर मान्छे जस्तो स्वार्थी हुँदैन
-
सिरियामा फेरि भड्कियो हिंसा, हजारभन्दा धेरैको मृत्यु