कार्यसम्पादन भनेको वर्षभर पढेर एउटा जाँच दिएर पास भएजस्तो होइन : भौतिक पूर्वाधारमन्त्री

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कार्यसम्पादन भनेको वर्ष दिन पढेर एक दिन जाँच दिएर पास भएजस्तो नभएको बताएका छन् ।
प्रतिनिधिसभामा शून्य र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले काम चरण चरण सम्पन्न हुने भएकाले अहिले २० अङ्क आयो भने त्यो सधैँ रहने नभएको बताए । उनले पुस मसान्तसम्म २० अङ्क आए पनि माघमा थपिएर ५० पुग्न सक्ने बताए ।
उनले भने– ‘कार्यसम्पादन भनेको वर्ष दिन पढेर एक दिन जाँच दिएर पास भएजस्तो होइन । पुस मसान्तसम्म २० अङ्क आए पनि माघ पहिला सातामा काम सम्पन्न भए ५० प्रतिशत पुग्न सक्छ ।’
उनले सरकार निर्माणको चरणमा रहेको बताए । पूर्व–पश्चिम, उत्तर दक्षिणका राजमार्ग बन्दै रहेका उनको भनाइ थियो । जिम्मेवारी सम्हालेपछि सिद्धबाबा सुरुमागको ब्रेक थ्रु भएको, तीन सय बढी किमि कालोपत्रे भएको बताए ।
एक लाख ६९ हजार बढी स्मार्ट लाइसेन्स वितरण गरिएको जानकारी उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जंगु र रुपालाई बाँके एमटीबी रेसको उपाधि
-
स्नेहा भन्छिन्- जनावर मान्छे जस्तो स्वार्थी हुँदैन
-
सिरियामा फेरि भड्कियो हिंसा, हजारभन्दा धेरैको मृत्यु
-
५०० करोड क्लबमा छिर्ने यस वर्षको पहिलो फिल्म बन्यो छावा
-
गाजा योजनाबारे के भन्छन् युरोपेली देशका नेता ?
-
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता : मधेस प्रदेशको टिम घोषणा