विद्यार्थीद्वारा त्रिवि रेक्टर कार्यालयमा तोडफोड

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय रेक्टर कार्यालयमा तोडफोड गरिएको छ । त्रिवि सङ्घर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै आएका विद्यार्थीहरूले तोडफोड गरेका हुन् ।
केन्द्रीय विभाग बनेपछि पनि शुल्क नघटाएको भन्दै विद्यार्थीहरूले रेक्टर कार्यालयमा तोडफोड गरेका हुन् । त्रिवि सङ्घर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै तालाबन्दी गरिएको थियो । तर, रेक्टरले समन्वय नै नगरी ताला तोड्न लगाएपछि तोडफोड गरिएको विद्यार्थीहरूले जनाएका छन् ।
त्रिविले विभिन्न ४ वटा विभागहरूलाई केन्द्रीय विभाग बनाएको थियो । अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति र विकास, लैङ्गिक अध्ययन र सामाजिक कार्य विभागलाई केन्द्रीय विभाग बनाएको थियो । सेल्फ सस्टेन्ट कार्यक्रमहरूलाई केन्द्रीय विभाग बनाएपछि शुल्क घटाउनुपर्ने, स्ववियु मतदानको अधिकार प्रदान गर्नुपर्ने लगायतका माग राखेर त्रिवि सङ्घर्ष समितिको नामबाट तालाबन्दी गरिएको थियो ।
आफूहरूसँग कुनै छलफल तथा वार्ता नै नगरी रेक्टरले ताला तोडेको भन्दै उनीहरू रेक्टर कार्यालयमा तोडफोड गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाको दुग्धजन्य पदार्थ र काठमा पारस्परिक कर लगाउने ट्रम्पको चेतावनी
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
जंगु र रुपालाई बाँके एमटीबी रेसको उपाधि
-
न्युजिल्यान्डसँग दोस्रो संस्करणको फाइनलमा भोगेको हारको बदला लिने धुनमा भारत
-
स्नेहा भन्छिन्- जनावर मान्छे जस्तो स्वार्थी हुँदैन
-
सिरियामा फेरि भड्कियो हिंसा, हजारभन्दा धेरैको मृत्यु