चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ तोक्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु. २ हजार ८ सय रुपैयाँ ६९ पैसा न्युनतम समर्थन मूल्य तोकेको छ ।
फागुन २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रति क्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्युनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरेको छ ।
बैठकका निर्णय सार्वजनकि गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले यही चैत्र ५ देखि ६,२०८१ (तदनुसार १८–१९ मार्च, २०२५) सम्म जर्मनीको बर्लिनमा आयोजना हुने ११ औं एडिशन अफ द बर्लिन इनर्जी ट्रान्सस्टेशन डायलगमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा फेरि भड्कियो हिंसा, हजारभन्दा धेरैको मृत्यु
-
५०० करोड क्लबमा छिर्ने यस वर्षको पहिलो फिल्म बन्यो छावा
-
गाजा योजनाबारे के भन्छन् युरोपेली देशका नेता ?
-
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता : मधेस प्रदेशको टिम घोषणा
-
इसेवा र हिमालयन बैंकबिच सहकार्य
-
पूर्वराजालाई गृहमन्त्रीको चेतावनी : गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा हौसिन आवश्यक छैन