श्रम मन्त्रालय घूस सङ्कलन गर्ने अड्डा बन्यो : सांसद अर्याल
शुक्रबार, २३ फागुन २०८१, १३ : ३६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घूस सङ्कलन गर्ने अड्डा बनेको आरोप लगाएका छन् ।
पूर्वश्रममन्त्री रहेका अर्यालले शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्तालय अन्तर्गतको ताहाचल श्रम कार्यालयमा प्रतिदिन ७५ लाख घूस सङ्कलन हुने जानकारी भए पनि मन्त्रीले र वैदेशिक रोजगार विभागका महाप्रबन्धकले कुनै वास्ता नगरेको बताए ।
‘श्रम मन्त्रालय घूसको अड्डा बनेको छ,’ सांसद अर्यालले भने, ‘ताहाचल कार्यालयमा प्रतिदिन ७५ लाख घूस सङ्कलन हुने र डिजी र मन्त्रीसम्म पुग्ने जानकारी हामीले पटक–पटक गराए पनि त्यो कार्य रोकिएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ लगायतका जिल्लामा हल्का वर्षा (भिडियो)
-
सरकारले किन खारेज गर्यो नागरिक एप निर्देशिका ?
-
नयाँ दिल्लीको एक ‘बदनाम’ गल्ली, जहाँ दैनिक सरदर २० हजार थान कण्डम खपत हुन्छ
-
रत्नकुमार बान्तवासँगको मेरो त्यो अन्तिम भेट
-
चैत २९ देखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
प्रधानमन्त्रीले गरे पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन