संसद् बैठक
स्वास्थ्य सचिव नियुक्तिमा प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको जवाफ माग
शुक्रबार, २३ फागुन २०८१, २२ : २२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले सिनियर अतिरिक्त सचिव भएर पनि स्वास्थ्य मन्त्रालयको सचिव नबनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग जवाफ मागेकी छन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो भन्दै प्रश्न गरिन् ।
‘पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो, किन सिनियर भएर पनि सङ्गीता कौशल मित्रलाई सचिव बनाइएन,’ सांसद डा.कार्कीले भनिन् । उनले महिलालाई सङ्ख्या पुर्याउनमात्र सांसद बनाइने गरिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रकै कारण स्थगित भयाे : मुख्यमन्त्री कँडेल
-
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
-
तीन महिनाको अवधिमा विपद्जन्य घटनाबाट ४१ जनाको मृत्यु, करोडौँको क्षति
-
भारतबाट पोखरा जाँदै गरेको बस दुर्घटना, २१ जना घाइते
-
सङ्घीय मामिलामन्त्री गुप्ता अमेरिका प्रस्थान
-
राप्रपा नेताहरू पशुपति, प्रकाशचन्द्र, रवीन्द्र, धवललगायतको पद धरापमा !