मध्यमा परिक्रमाका श्रद्धालुका लागि हेल्पडेस्क

काठमाडौँ । मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालु भक्तजनको स्वास्थ्यलाई ध्यान राख्दै नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालले संयुक्त रुपमा हेल्पडेस्क सञ्चालनमा ल्याएको छ ।
महोत्तरी जिल्लाको पाँच वासामध्ये अन्तिम चरणको कञ्चनवन वासमा हेल्पडेस्क सञ्चालन गरिएको छ । नेपाल–भारत खुला सीमाका अध्यक्ष राजीव झाले नेपाल–भारतको खुल्ला सीमाका कारण यात्रुहरूलाई सहजता मिल्नुका साथै धार्मिक तथा सांस्कृतिक आदान–प्रदानलाई प्रवर्द्धन गर्ने काम भइरहेको बताए ।
यस हेल्पडेस्कमार्फत यात्रुका लागि स्वास्थ्य जाँच, आवश्यक औषधी वितरण तथा अन्य आवश्यक सामग्रीहरू उपलब्ध गराउने कार्य भइरहेको उनले बताए । श्रद्धालुहरूलाई अबिर, फूलमाला लगाएर स्वागत गरिनुको साथै स्वास्थ्य परीक्षण तथा आवश्यक सहयोग प्रदान गरिएको उनले बताए ।
यस वर्ष नेपाल–भारत खुला सीमा संवाद समूहले धार्मिक परिक्रमालाई थप व्यवस्थित बनाउन हराएका व्यक्तिहरूको खोजीका कार्यको काम पनि गरेको छ । हेल्पडेस्क सञ्चालन तथा विविध सुविधाहरूको व्यवस्थापनले परिक्रमा यात्रुहरूलाई ठुलो राहत मिलेको बताइएको छ ।
प्रत्येक वर्ष आयोजना हुने मिथिला मध्यमा परिक्रमा हिन्दु धर्मावलम्बीहरूका लागि गहिरो आध्यात्मिक र सांस्कृतिक महत्त्व बोकेको छ । यस परिक्रमाले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै नेपाल–भारतबिचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गरेको विश्वास गरिएको छ ।
भारतका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजन तथा साधु–सन्तहरूले बिना झन्झट नेपाल प्रवेश गरी परिक्रमा गर्न पाउने सुविधा पाएका छन् । यसले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न सहयोग गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत टेवा पुर्याएको छ । मिथिला मध्यमा परिक्रमा नेपाल–भारतबिचको सांस्कृतिक सम्पर्कको प्रतीक मानिन्छ । नेपाल–भारत खुला सीमाका कारण यी धार्मिक यात्राहरू सहज बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्र : पोखरामा एक महिना बसे, फर्किनुअघि भोज
-
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन
-
‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा
-
‘सामान्य समस्यालाई ठुलो बनाएर अदालत जाने बढे’
-
पूर्वराजाका समर्थकले कहाँ कहाँबाट निकाल्दै छन् जुलुस ?
-
‘एक भएर बस्न नसक्ने सम्बन्ध टुटेकै राम्रो हुन्छ’