मेस्सीको अनुपस्थितिमा इन्टर मियामीको अर्को जित, लुइस स्वारेजले गरे गोल

काठमाडौँ । स्टार अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी आबद्ध अमेरिकी क्लब इन्टर मियामीले कनकाकाफ च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम १६ टोलीबिचको भिडन्तको पहिलो लेग खेलमा जित हात पारेको छ ।
इन्टर मियामीले शुक्रबार विहान सम्पन्न पहिलो लेग खेलमा जमैकाको प्रतिद्वन्द्वी काभालियर फुटबल क्लबलाई २–० गोलले हराएको हो । उक्त खेल इन्टर मियामीको घरेलु मैदानमा खेलिएको थियो ।
काभालियरविरुद्धको खेलमा मेस्सी भने उपस्थित थिएनन् । उक्त खेलमा उनलाई आराम दिइएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा इन्टर मियामीले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।
निर्धारित समयको ६१ औँ मिनेटमा इन्टर मियामीका लागि टोडेओ एलेन्डेले पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा सात मिनेटअघि उरुग्वेका प्रभावशाली खेलाडी लुइस स्वारेजले टोलीका लागि दोस्रो गोल थपेका थिए ।
मेस्सीको अनुपस्थितिमा पछिल्लो समय स्वारेजले टोलीका लागि एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले आइतबार खेलिएको मेजर लिग सकर (एमएलएस) को हस्टन डाइनामोविरुद्धको खेलमा पनि उत्कृष्ट प्रदर्शनसहित इन्टर मियामीलाई ४–१ गोलको जित दिलाएका थिए । त्यो खेलमा मेस्सी उपस्थित थिएनन् ।
उक्त खेलमा स्वारेज आफैले एक गोल गरेका थिए भने बाँकी तीन गोलका लागि पास उपलब्ध गराएका थिए । इन्टर मियामी र काभालियरबिचको दोस्रो लेग खेल भने मार्च १३ तारिखमा खेलिने छ । उक्त खेल काभालियरको मैदानमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन