आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

जेठमा राष्ट्रिय सम्मेलन गर्ने वाईसीएलको निर्णय

शुक्रबार, २३ फागुन २०८१, १२ : ०९
शुक्रबार, २३ फागुन २०८१

काठमाडौँ । माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसीएल)ले आगामी जेठमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

वाईसीएलका प्रवक्ता नवराज ऐरले संगठनको तेस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन जेठ १७, १८ र १९ गते काठमाडौँमा गर्ने निर्णय भएको बताए । 

अध्यक्ष सुबोधराज सेर्पालीको अध्यक्षतामा  फागुन २१ र २२ गते बसेको केन्द्रीय कार्यालयको बैठकले उक्त निर्णय गरेको जानकारी दिँदै उनले त्यसअघि केन्द्रीय समितिको चौथो पूर्ण बैठक फागुन २७ गते भर्चुअल माध्यमबाट बस्ने निर्णय भएको बताए । 

यस्तै बैठकले आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि उपत्यका क्याम्पसहरूमा केन्द्रीय पदाधिकारीहरूले संयोजन गर्ने, सम्बन्धित प्रदेश र जिल्लाहरूले अनेरास्ववियु (क्रान्तिकारी) सँग सहकार्य गरी स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) का उम्मेदवारलाई विजयी गराउन सम्बन्धित क्याम्पसहरूमा कार्य विभाजन गरी लाग्ने निर्णय गरिएको वाईसीएलले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप