आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

काठमाडौँ राइजर्समा आबद्ध भए सिएरा लियोनका स्ट्राइकर मोहमद बुया

शुक्रबार, २३ फागुन २०८१, ११ : ४६
शुक्रबार, २३ फागुन २०८१

काठमाडौँ । फुटबलको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा सहभागी क्लबमध्येको एक काठमाडौँ रेजर्सले सिएरा लियोनका स्ट्राइकर मोहमद बुया टुरेलाई विदेशी खेलाडीका रुपमा टोलीमा आबद्ध गरेको छ ।

३० वर्षीय स्ट्राइकर मोहमद बुयाले विश्वका विभिन्न राष्ट्रमा व्यवसायिक फुटबल खेलिसकेका छन् । उनीसँग स्विडेन,चीन,अमेरिकालगायतका राष्ट्रमा पनि व्यवसायिक फुटबल खेलेको अनुभव छ । 

यसअघि उनले युभेन्ट्स आईएफ,डल्कर्ड एफएफ, सेन्ट ट्रुडेन, हेबेई चाइना फोच्र्युन, माल्मो एफएफ, बर्मिङ्घम लेजियनलगायतका क्लबबाट खेलेका थिए । उनले सन् २०१७ देखि सिएरा लियोनको राष्ट्रिय टोलीमा आबद्ध भएका थिए ।

त्यसपछि सन् २०१८ मा इथियोपियाविरुद्धको खेलमार्फत राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । उनले हालसम्म सिएरा लियोनका लागि १७ खेल खेल्दै तीन गोल गरेका छन् । उनी यसै साता नेपाल आइपुग्ने काठमाडौँ रेजर्सले जनाएको छ । 

‘नेपाल आउन म निकै उत्साही छु । नेपाल सुपर लिगको तेस्रो संस्करणमा काठमाडौँ रेजर्सलाई सफलता दिलाउन सक्दो प्रयास गर्नेछु । काठमाडौँबाट स्वदेश फर्कँदा मसँग स्वर्ण पदक हुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप