ब्युटिसियन ट्यालेन्ट नेपालका लागि छानिए १० प्रतियोगी

काठमाडौँ । एच्यु हेयर वेल ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ सिजन ७ को पहिलो अडिसन अडिसनबाट दश प्रतियोगी छानिएका छन् । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिद्वारा आयोजित प्रतियोगिताको रविभवन स्थित रोज ब्युटी एकेडेमीमा पहिलो अडिसन आयोजना भएको थियो । जसबाट १० प्रतियोगी छानी सफल भएका हुन् । प्रतियोगिताको अर्को अडिसन यही २८ फागुनमा हुनेछ ।
ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५ सिजन सेभेनको प्रमुख अतिथिमा उज्ज्वल मानन्धर र विशेष अतिथिमा लोकप्रिय हास्य अभिनेत्री पल्पसा डङ्गोल थिए ।
प्रतियोगिताको निर्णायकमा रोज ब्युटी एकेडेमीकी म्यानेजिङ डिरेक्टर एवम् कस्मोलोजिष्ट परिषी कारंजित, लायन्स क्लब अफ काठमाडौँ अभियानको अध्यक्ष नकुल गिरी, कोषाध्यक्ष सुरेन्द्र गिरी, ब्युटिसियन ट्यालेन्ट नेपालकी पहिलो विजेता एवम् सञ्चारकर्मी गायिका सरिता भारती, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की विजेता लिना डङ्गोल, मिस ब्युटीफुल विजेता सनम खड्गी, ब्युटिसियन ऋतु पौडेल थिए ।
यस्तै ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४की फस्ट रनरअप निशा थापा बस्नेतलगायत पनि सो अडिसनमा अतिथिको रूपमा रहेका थिए ।
रोज ब्युटी एकेडेमीकी प्रबन्ध निर्देशक एवम् कस्मोलोजिष्ट परिषी कारंजितले प्रतियोगीहरूलाई आफूहरूले विभिन्न प्रशिक्षण दिएर अझ प्रतिभावान् बन्न सघाउने बत्ताइन् ।