आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय
फोटोफिचर

कोटीहोम क्षेत्रमा हतियार बोकेको समूह तैनाथ, बाहिर प्रहरी परिचालन (तस्बिरहरु)

शुक्रबार, २३ फागुन २०८१, ११ : १४
शुक्रबार, २३ फागुन २०८१

पोखरा ।  मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेसँगै तनाव उत्पन्न भएको छ । शुक्रबार केहीबेर अघि भूमिपुजन  गर्ने पक्ष र गर्न नदिने पक्षबिच झडप भएपछि कोटीहोम आयोजक पक्षले  रड र हतियार बोकेको समूह तैनाथ गरेको छ । 

pokhara-kotihome (7)

पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न महानगरले कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको छ ।  ‘कार्यक्रमको अनुमति महानगरले दिएको छैन । अनुमति विना कार्यक्रम हुन सम्भव छैन,’ मेयर धनराज आचार्यले भने, ‘भूमिपुजन हामी रोक्छौं।’ नगरप्रहरी लेकसाइड पुगिसकेको छ । 

pokhara-kotihome (1)

५० जना नगरप्रहरी लेकसाइडमा खटाइएको महानगरले जनाएको छ । फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको हो । पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।

pokhara-kotihome (6)pokhara-kotihome (3)pokhara-kotihome (8)pokhara-kotihome (9)pokhara-kotihome (10)pokhara-kotihome (11)pokhara-kotihome (12)pokhara-kotihome (13)pokhara-kotihome (14)pokhara-kotihome (15)pokhara-kotihome (16)pokhara-kotihome (24)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप