आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

सिराहा भन्सारले खुलायो १४४ साधनको लिलामी, न्यूनतम मूल्य मोटरसाइकलको ९ हजार, जीपको ५ लाख

शुक्रबार, २३ फागुन २०८१, १० : २८
शुक्रबार, २३ फागुन २०८१

काठमाडौँ । सिराहा भन्सार कार्यालयले १४४ वटा सवारी साधनको लिलाम बिक्री गर्ने भएको छ । भन्सार छली चोरी निकासी/पैठारी अभियोगमा कार्यालयमा दाखिला भएका सवारी साधनहरू बिक्री गर्नेगरी भन्सारले सूचना जारी गरेको हो । यसमध्ये ११८ वटा २६ वटा तीनपाङ्ग्रे तथा चारपाङग्रे सवारी साधन रहेका छन् । 

यसरी लिलाम बिक्री हुन लागेका मोटरसाइकलको न्यूनतम मूल्य ९ हजार ३३४ रुपैयाँदेखि ५ लाख ५ हजार २७३ रुपैयाँसम्म तोकिएका छन् । २०१८ मोडलको बजाज प्लाटिना १५९.७ सीसी मोटरसाइकलको मूल्य सबैभन्दा कम तोकिएको छ । त्यस्तै, २०१८ मोडेलको सुजुकी जीपको मूल्य सबैभन्दा धेरै निर्धारण गरिएको छ । 

त्यसका अतिरिक्त ३३९ थान मोटरसाइकल तथा २६ थान कार यातायात व्यवस्था कार्यालयमा दर्ता नहुनेगरी कवाडीमा लिलाम गर्न लागिएको छ । मोटरसाइकलको १६ लाख ९५ हजार तथा गाडीको ८ लाख ८९ हजार ५२५ रुपैयाँ मूल्य तोकिएको छ ।

उक्त बोलपत्रमा सहभागी हुन २१ दिनको समय निर्धारण गरिएको छ । २२ औं दिन १२ बजे उक्त प्रस्ताव खोलिने जनाइएको छ । बोलपत्र प्रक्रियामा सहभागी हुन एक हजार रुपैयाँ बोलपत्र दस्तुरसहित आवेदन दिनुपर्ने जनाइएको छ । 

bb

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप