लेकसाइडमा कोटीहोमवालाको भूमिपुजन, रोक्न महानगरको प्रहरी परिचालन
शुक्रबार, २३ फागुन २०८१, १० : ०८

पोखरा । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेको छ। पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न महानगरले प्रहरी परिचालन गरेको छ ।
'कार्यक्रमको अनुमति महानगरले दिएको छैन । अनुमति विना कार्यक्रम हुन सम्भव छैन,' मेयर धनराज आचार्यले भने, 'भूमिपुजन हामी रोक्छौं। ' नगरप्रहरी लेकसाइड पुगिसकेको छ ।
५० जना नगरप्रहरी लेकसाइडमा खटाइएको महानगरले जनाएको छ । फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको हो ।
पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबाट थाकेका हुन् पुटिन ? पहिलो पटक युक्रेनलाई दिए द्विपक्षीय वार्ताको प्रस्ताव
-
राजनीतिक व्यापारीको ‘चक्का’मा पिसिएको मुलुक
-
आमिर खान पनि घर सर्न थालेका हुन् ?
-
डा. अधिकारीको गीत ‘वाचा गरौँ’मा आकाश र करुणाको अभिनय
-
चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति
-
४० करोड अमेरिकी डलरको तयारी पोसाक निर्यात गर्ने उद्योग कसरी बन्द हुन पुगे ?