अमेरिका र युक्रेनबिच आगामी हप्ता होला त वार्ता ? के भन्छन् जेलेन्स्की ?

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबमा वार्ता हुने बताएका छन् । बैठक निकै महत्त्वपूर्ण हुने आशा जेलेन्स्कीको छ ।
वार्ताको समयमा जेलेन्स्की आफैँ खाडी देशमै भएपनि उनी यी वार्तामा सहभागी भने हुने छैनन् । युक्रेनले सकेसम्म चाँडो दिगो शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको उनले बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस–युक्रेन युद्ध अन्त्य गर्न शान्तिको लागि ढाँचामा छलफल गर्न चाहेको बताएका थिए । गएको शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा जेलेन्स्की र ट्रम्पबिच चर्काचर्की भएको थियो । यसै क्रममा ट्रम्पले जेलेन्स्की लडाइँ अन्त्य गर्न तयार नभएको बताएका थिए । यसपछि अमेरिकाले युक्रेनलाई सैन्य सहयोग बन्द गरेको थियो ।
हालै मात्र गुप्तचर जानकारी साझा गर्न पनि बन्द गरेको छ । युक्रेनी राष्ट्रपतिले यी घटनाप्रति दुःख व्यक्त गरेका छन । देशको सबैभन्दा ठुलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास उनले गरिरहेका छन् । बिहीबार, विटकफले ट्रम्पले जेलेन्स्कीबाट माफी र कृतज्ञतासहितको पत्र प्राप्त गरेको बताएका थिए ।
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गर्यो र अहिले युक्रेनी भूभागको लगभग २० प्रतिशत नियन्त्रण गर्दछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
सर्लाहीमा बढेन चैते धानको खेती
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा